• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कर्णालीमा ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २, शनिबार १२:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कर्णाली । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा कर्णाली प्रदेशबाट ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नेपालभरि ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा कर्णालीबाट ५९ दशमलव पाँच प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

    गत वर्ष कर्णालीमा ५६ दशमलव ७८ प्रतिशत विद्यार्थी एसइईमा उत्तीर्ण हुँदा यस वर्ष दुई प्रतिशतले बढेको हो । उत्तीर्ण हुनेमा सबैभन्दा बढी रुकुम पश्चिममा ७९ दशमलव ३४ प्रतिशत विद्यार्थी छन् । सबैभन्दा कम दैलेखमा ३१ दशमलव ८२ प्रतिशत रहेको शिक्षा विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी तथा वरिष्ठ शिक्षा अधिकृत खीमप्रसाद ढकाल जानकारी दिए।

    मुगु ७५ दशमलव ९०, कालिकोट ७३ दशमलव १३, सल्यान ६८ दशमलव ५२, जुम्ला ६८ दशमलव १७, सुर्खेत ५८ दशमलव १९, हुम्ला ४९ दशमलव ३७, डोल्पा ४६ दशमलव ६९ र जाजरकोट ४५ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका उनले बताए । उनका अनुसार जिल्लागत रूपमा सबैभन्दा बढी सुर्खेतबाट ४७६ विद्यार्थीले चार जिपिए ल्याएर उत्तीर्ण भएका छन् ।

    परीक्षामा सात हजार १८८ विद्यार्थी परीक्षामा सहभागी भएका शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी ढकालले उल्लेख गरे। सबैभन्दा कम डोल्पाबाट तीन जना विद्यार्थीले चार जिपिए ल्याएर उत्तीर्ण भएका छन् । त्यहाँबाट ६३४ जना परीक्षामा सहभागी थिए ।

    सल्यानबाट तीन हजार ९८७ मध्ये २२७, रुकुम पश्चिमबाट तीन हजार ७८० मध्ये १९०, दैलेखबाट चार हजार ३०६ मध्ये १३०, जुम्लाबाट दुई हजार १३३ मध्ये ११६, कालिकोटबाट तीन हजार १४ मध्ये ७६, मुगुबाट एक हजार ३९४ मध्ये ४३, जाजरकोटबाट चार हजार ६२२ मध्ये ३१ र हुम्लाबाट ९५० मध्ये आठ जनाले चार जिपिए ल्याएर उत्तीर्ण भएका छन् । कर्णाली प्रदेशबाट ३२ हजार ३३६ विद्यार्थी परीक्षामा सहभागी भएकोमा १३ हजार २४१ ननग्रेडेड रहेको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।

    Post Views: 74
    प्रकाशित मिति: २०८३ जेष्ठ २, शनिबार १२:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.