• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ ३, आईतवार २०:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बेइजिङ- नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको देखाएको छ, जसले ताजा पानीका लागि गम्भीर जोखिम सिर्जना गरेको छ ।

    यो अध्ययन ‘साइन्स एडभान्सेस’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको हो । अनुसन्धान चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गत नान्जिङ भूगोल तथा लिम्नोलोजी संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको हो ।

    अनुसन्धान टोलीले सन् १९८५ देखि २०२३ सम्मको करिब ४० वर्षको तथ्याङ्क विश्लेषण गरेको थियो । अध्ययनमा विश्वभरका २१ हजारभन्दा बढी नदी खण्डहरूको अक्सिजन स्तर मापन गर्न उन्नत कम्प्युटर आधारित विश्लेषण विधि प्रयोग गरिएको थियो ।

    अध्ययनअनुसार नदीहरूमा अक्सिजनको मात्रा औसतमा प्रति दशक ०.०४५ मिलिग्राम प्रतिलिटरका दरले घटिरहेको छ । अध्ययन गरिएका करिब ८० प्रतिशत नदीहरूमा अक्सिजन कमी देखिएको छ ।

    विशेषगरी उष्णकटिबन्धीय क्षेत्रका नदीहरू सबैभन्दा बढी प्रभावित भएका छन् । यसअघि उच्च अक्षांशका क्षेत्रहरू बढी प्रभावित हुने अनुमान गरिएको भए पनि अध्ययनले उष्णकटिबन्धीय नदीहरू पहिले नै कम अक्सिजनयुक्त भएकाले अझ छिटो अक्सिजन गुमाइरहेको देखाएको छ ।

    यसले अत्यन्त कम अक्सिजन हुने अवस्था निम्त्याउन सक्छ, जसका कारण माछा तथा अन्य जलचर प्राणीहरूको मृत्यु हुन सक्छ ।

    अनुसन्धानकर्ताहरूका अनुसार पानीमा अक्सिजन घुल्ने क्षमता घट्नु नै मुख्य कारण हो, जसले कुल अक्सिजन ह्रासको करिब ६३ प्रतिशत हिस्सा ओगटेको छ । तातो पानीले चिसो पानीको तुलनामा कम अक्सिजन धारण गर्न सक्छ ।

    त्यस्तै, तापक्रम, प्रकाश र पानीको बहावसँग सम्बन्धित प्रक्रियाहरूमा आएको परिवर्तनले थप १२ प्रतिशत अक्सिजन कमी गराएको अध्ययनले जनाएको छ ।

    अत्यधिक गर्मीका लहरहरूले पनि नदीहरूको अक्सिजन ह्रासमा ठूलो भूमिका खेलेका छन् । अध्ययनले विश्वव्यापी नदी अक्सिजन कमीको करिब २३ प्रतिशत हिस्सा यस्ता गर्मीका लहरसँग सम्बन्धित रहेको देखाएको छ ।

    अनुसन्धानमा अत्यन्त कम वा अत्यन्त बढी पानीको बहावले केही हदसम्म अक्सिजन कमीको गति घटाउन सक्ने पनि उल्लेख गरिएको छ । सामान्य अवस्थाको तुलनामा कम बहाव हुँदा अक्सिजन ह्रासको दर १९ प्रतिशतले घटेको पाइएको छ भने बढी बहाव हुँदा ७ प्रतिशतले कमी आएको छ ।

    अनुसन्धानकर्ताहरूले घट्दो अक्सिजन स्तरले नदीको जैविक विविधतामा गम्भीर असर पार्ने चेतावनी दिएका छन् । अक्सिजन कम हुँदा माछा तथा अन्य जीवहरू बाँच्न सङ्घर्ष गर्नुपर्ने अवस्था सिर्जना हुन्छ ।

    उनीहरूले विशेषगरी उष्णकटिबन्धीय क्षेत्रका देशहरूमा नीति निर्माताहरूलाई प्रभावकारी रणनीति अपनाउन आग्रह गरेका छन् ।

    नान्जिङ भूगोल तथा लिम्नोलोजी संस्थानका अनुसन्धानकर्ता शी कुनले भने,“यो अध्ययनले विश्वभरका नदीहरूमा भइरहेको अक्सिजन ह्रासलाई बुझ्न र न्यूनीकरण गर्न महत्वपूर्ण आधार प्रदान गरेको छ ।” रासस

    Post Views: 68
    प्रकाशित मिति: २०८३ जेष्ठ ३, आईतवार २०:०७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
    होर्मुजमा पानीजहाजमाथि प्रहार, विश्व बजारमा तेल आपूर्तिको चिन्ता
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.