• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मोहम्मद सिराज चम्किएपछि चेन्नईमाथि गुजरातको ८९ रनको फराकिलो जित

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ ८, शुक्रबार ०८:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अहमदाबाद – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किङ्समाथि ८९ रनको फराकिलो जित दर्ता गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा गुजरातले दिएको २ सय ३० रनको विशाल लक्ष्य पछ्याएको चेन्नई १३.४ ओभरमा मात्र १ सय ४० रनमा समेटियो।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २९ रनको बलियो योगफल खडा गरेको थियो। गुजरातका लागि साई सुदर्शनले ५३ बलमा ८४ रन र कप्तान शुभमन गिलले ३७ बलमा ६४ रनको विस्फोटक इनिङ्स खेले। उनीहरूले पहिलो विकेटका लागि १ सय २५ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई बलियो सुरुवात दिलाएका थिए। यस्तै, जस बटलरले २७ बलमा अविजित ५७ रनको योगदान दिए। चेन्नईका मुकेश चौधरी, स्पेन्सर जोन्सन र अंशुल कम्बोजले समान १–१ विकेट लिए।

    २ सय ३० रनको विशाल लक्ष्य पछ्याएको चेन्नईको ब्याटिङ लाइनअप गुजरातका तीव्र गतिका बलर मोहम्मद सिराज र रासिद खानसामु निरिह बन्यो। चेन्नईका लागि शिवम दुबेले १७ बलमा सर्वाधिक ४७ रन र म्याट शर्टले २४ रन बनाउनु बाहेक अन्य ब्याटरले ठूलो स्कोर खडा गर्न सकेनन्। कप्तान रुतुराज गायकवाड १६ रनमा आउट भए भने सञ्जु सामसन खाता नै नखोली पभिलियन फर्किए।

    चेन्नईलाई सस्तैमा समेट्ने क्रममा गुजरातका मोहम्मद सिराजले ३ ओभरमा २६ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए। उनी खेलको ‘प्लेयर अफ दि म्याच’बने। त्यस्तै, रासिद खानले १८ रन खर्चेर ३ विकेट र कागिसो रबाडाले ३२ रन खर्चेर ३ विकेट लिएपछि गुजरातले सहज जित हात पारेको हो।

    यो जितसँगै गुजरातले १८ अंक जोडेको छ भने चेन्नई १२ अंकसहित आईपीएलको यो सिजनबाट बिदा भएको छ ।

    Post Views: 46
    प्रकाशित मिति: २०८३ जेष्ठ ८, शुक्रबार ०८:२५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम
    बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
    Advertisement
    ताजा अपडेट
    • १. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • २. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    • ३. भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    • ४. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    • ५. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.