• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सातै प्रदेशमा वर्षाको सम्भावना, कोशी र मधेसमा हावाहुरी चल्ने

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ १०, आईतवार ०७:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको दोहोरो प्रभाव परेको जल तथा मौसम विभागले जनाएको छ । यसको असरले हाल देशभर सामान्यतया बदली रहेको छ भने आज देशका सातै प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा हुनेछ। त्यस्तै, मधेस लगायत बागमती र गण्डकीका तराई क्षेत्र र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी–हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ। कोशी र मधेस प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

    कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बादल लाग्नेछ भने मधेस लगायत अन्य प्रदेशका पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

    आज राति कोशी प्रदेश लगायत अन्य हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकीका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा तथा लुम्बिनी र कर्णालीका पहाडी–हिमाली भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

    सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन र तराई भू–भागमा तातो लहर (लु) चल्ने सम्भावना छ। विशेषगरी कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङमा अत्यधिक गर्मी हुने भएकोले अत्यावश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।

    Post Views: 63
    प्रकाशित मिति: २०८३ जेष्ठ १०, आईतवार ०७:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.