• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

एसियन गेम्स छनोटका लागि नेपाली क्रिकेट टोलीको घोषणा

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ १०, आईतवार १४:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । सिंगापुरमा ३१ मे देखि सुरु हुने एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै टोलीको घोषणा गरेको हो । कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् ।

    यसअघि यूएईसँगको शृङ्खलामा नखेलेका रोहित पौडेल, सोमपाल कामी र करण केसी टोलीमा फर्किएका छन् ।

    १३ राष्ट्र सहभागी टी–२० अन्तर्राष्ट्रिय छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालसँगै यस समूहमा थाइल्यान्ड र इन्डोनेसिया रहेका छन् ।

    नेपाली टोली : दीपेन्द्र सिंह ऐरी (कप्तान), रोहित पौडेल, लोकेस बम, नन्दन यादव, कारण के.सी., कुशल भुर्तेल, सन्दीप जोरा, सन्दीप लामिछाने, आरिफ शेख, साहब आलम, आसिफ शेख, कुशल मल्ल, शेर मल्ल, सोमपाल कामी

    प्रतियोगिताको ढाँचाअनुसार चार समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । त्यसपछि सेमिफाइनलमा पुग्ने चार टोलीले २०२६ एसियन गेम्सका लागि स्थान सुरक्षित गर्नेछन् ।

    समूह ‘बी’ मा ओमान, माल्दिभ्स र सिंगापुर रहेका छन् । यस्तै समूह ‘सी’ मा हङकङ, बहराइन र दक्षिण कोरिया छन् भने समूह ‘डी’ मा मलेसिया, कतार, चीन र उज्बेकिस्तान रहेका छन् ।

    छनोटबाट शीर्ष चार टोलीले साविक विजेता भारतसहित पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र आयोजक जापानसँग एसियन गेम्स खेल्नेछन् । प्रतियोगिता सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म जापानको आइची–नागोयामा हुनेछ ।

    नेपालले यसअघि आईसीसी वरियताका आधारमा सिधै एसियन गेम्स खेलेको थियो । उक्त प्रतियोगितामा नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएर कीर्तिमान समेत बनाएको थियो ।

    Post Views: 80
    प्रकाशित मिति: २०८३ जेष्ठ १०, आईतवार १४:२६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा
    झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने
    मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति
    Advertisement
    ताजा अपडेट
    • १. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    • २. झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

    • ३. मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति

    • ४. ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

    • ५. बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.