• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्दो

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ १५, शुक्रबार ०९:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राँझा(बाँके) । पढ्दापढ्दै रोजगारीको अवसर मिल्ने भएपछि प्राविधिक शिक्षा अध्ययनमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

    पढाइ सकिएपछि जागिर खोज्न भौँतारिनुपर्ने आम युवाको नियति बनिरहँदा प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीले पढ्दापढ्दै रोजगारी पाउने भएकाले अध्ययनमा आकर्षण बढ्दै गएको नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयकी प्रिन्सिपल आशाकुमारी श्रेष्ठले बताए।

    उनका अनुसार, पश्चिम नेपालकै प्राविधिक शिक्षाको केन्द्र मानिने यस शिक्षालयमा बाँके र बर्दियामात्र नभई कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विद्यार्थीहरूको ठूलो आकर्षण छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को मापदण्डअनुसार भर्ना र छात्रवृत्ति वितरण हुने यस शिक्षालयमा डिप्लोमा र प्रिडिप्लोमा तहमा विद्यार्थीको सङ्ख्या उत्साहजनक देखिन्छ ।

    प्रिडिप्लोमा तहमा इलेक्ट्रिकल, मेकानिकल, सिभिल, इलेक्ट्रोनिक, अटोमोबाइल, रेफ एन्ड एसी र सेक्रेटियल र डिप्लोमा तहमा इलेक्ट्रिकल, मेकानिकल, सिभिल, फार्मेसी र रेडियोग्राफी कोर्षमा पढाइ हुने गरेको छ । “भेरी प्राविधिक शिक्षालयको सबैभन्दा बलियो पक्ष भनेकै यसको रोजगारमुखी शिक्षा हो, यहाँबाट उत्पादित जनशक्ति बेरोजगार बस्नु पर्दैन”, प्रिन्सिपल श्रेष्ठले भने, “बजारमा हाम्रा विद्यार्थीको माग निकै उच्च छ, उद्योगहरूले मागेजति जनशक्ति हामीले उपलब्ध गराउनै सकेका छैनौँ ।”

    विशेषगरी औद्योगिक करिडोरका रूपमा विकास भइरहेको यस क्षेत्रका उद्योगहरूका लागि भेरी प्राविधिक शिक्षालय जनशक्ति आपूर्ति गर्ने मुख्य स्रोत बनेकाले यहाँ अध्ययनरत विद्यार्थीले कोर्ष पूरा नहुँदै रोजगारीका अवसर पाउने गरेको शिक्षालयका प्रिन्सिपल श्रेष्ठको भनाइ छ ।

    भेरी प्राविधिक शिक्षालयमा डिप्लोमा लेभल इलेक्ट्रिकल, मेकानिकल, सिभिल, फार्मेसी र रेडियोग्राफी कोर्षमा आर्थिक वर्ष २०७९/८० मा १३५ पुरुष र ५१ महिला गरी १८६, आव २०८०/८१ मा १३३ पुरुष र ५४ महिला गरी १८७, आव २०८१/८२ मा ११७ पुरुष र ५७ महिला गरी १७४ र आव २०८२/८३ मा ११६ पुरुष र ६५ महिला गरी १८१ विद्यार्थीले अध्ययन गरेका छन् ।

    प्रि–डिप्लोमा तर्फका इलेक्ट्रिकल, मेकानिकल, सिभिल, इलेक्ट्रोनिक, अटोमोबाइल, रेफ एन्ड एसी र सेक्रेटियल कोर्षमा आव २०७९/८० मा १७५ पुरुष र ५२ महिला गरी २२७, आव २०८०/८१ मा १५७ पुरुष र २६ महिला गरी १८३, आव २०८१/८२ मा ११७ पुरुष र ५७ महिला गरी १७४ र आव २०८२/८३ मा १३१ पुरुष र २१ महिला गरी १५२ विद्यार्थीले अध्ययन गरेका छन् ।

    बजारको मागअनुसार शिक्षालयले नयाँनयाँ कार्यक्रम र कोर्षहरू थप्दै लगे पनि ती कार्यक्रमलाई धान्ने भौतिक पूर्वाधार र स्रोतसाधन भने वर्षौँदेखि थपिएका छैनन् । पुराना कक्षाकोठा, सीमित प्रयोगात्मक प्रयोगशाला र आवश्यक प्राविधिक सामग्रीको अभावका बीच पनि शिक्षालयले गुणस्तर कायम राख्न संघर्ष गरिरहनु परेको प्रिन्सिपल श्रेष्ठले बताए।

    Post Views: 72
    प्रकाशित मिति: २०८३ जेष्ठ १५, शुक्रबार ०९:४१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.