• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अर्जेन्टिनाको टोली घोषणा : छैटौँपटक विश्वकप खेल्दै मेस्सी

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ १५, शुक्रबार १२:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लियोनल मेस्सीको कप्तानीमा विश्वकप २०२६ खेल्ने अर्जेन्टिनाको टोली घोषणा भएको छ।

    बिहीबार प्रशिक्षक लियोनल स्कालोनीले २६ सदस्यीय टोलीको घोषणा गर्दै मेस्सीलाई टीममा समावेश गरेका हुन्।

    ३९ वर्षीय फरवार्ड मेस्सीले चार वर्षअघि कतार विश्वकपमा फ्रान्समाथि पेनाल्टी सुटआउटमा जित हासिल गर्दै आफ्नो देशलाई तेस्रो विश्वकप दिलाएका थिए।

    २०२२ मा प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित एस्टन भिल्लाका एमिलियानो मार्टिनेज पनि छनोट भएका छन्। घुँडाको चोटका कारण प्रिमियर लिग सिजनको अन्त्यमा खेल्न नसकेका म्यानचेस्टर युनाइटेडका लिसान्ड्रो मार्टिनेज र टोटनह्यामका क्रिस्टियन रोमेरो पनि टीममा परेका छन्।

    विश्वकपमा अर्जेन्टिना समूह जे मा छ। टोलीले ७ जुनमा क्यान्सास सिटीमा अल्जेरियासँग खेलेर विश्वकपको सुरुवात गर्नेछ। यस्तै, २२ जुनमाअस्ट्रियासँग डलासमा र २८ जुनमा जोर्डनसँग खेल्नेछ।

    यसअघि इन्टर मियामीको पछिल्लो मेजर लिग सकर खेलको क्रममा मेस्सी रेस्ट दिइएको थियो। ह्यामस्ट्रिङका कारण उनलाई खेलको बिचमा प्रतिस्थापन गरिएको थियो। उनले अर्जेन्टिनाका लागि १९८ खेल खेलिसकेका छन्।

    अर्जेन्टिनाको विश्वकप खेल्ने टोली :

    गोलकिपरः जुआन मुसो, जेरोनिमो रुल्ली, एमिलियानो मार्टिनेज।

    डिफेन्डरः लियोनार्डो बालेर्डी, निकोलस ट्याग्लियाफिको, गोन्जालो मोन्टिएल, लिसान्ड्रो मार्टिनेज, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, फाकुन्डो मेडिना, नाहुएल मोलिना।

    मिडफिल्डरः लिआन्ड्रो परेडेस, रोड्रिगो डे पाउल, भ्यालेन्टिन बार्को , जिओभानी लो सेल्सो , इजेक्विएल पालासियोस, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज।

    फरवार्डहरूः जुलियन अल्भारेज, लियोनेल मेस्सी, निकोलस गोन्जालेज, थियागो अल्माडा, जिउलियानो सिमोन, निको पाज, जोसे म्यानुअल लोपेज, जोसे म्यानुअल लोपेज।

    Post Views: 86
    प्रकाशित मिति: २०८३ जेष्ठ १५, शुक्रबार १२:५५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड
    अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा
    झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने
    Advertisement
    ताजा अपडेट
    • १. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    • २. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    • ३. झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

    • ४. मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति

    • ५. ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.