गुजरात टाइटन्स इन्डीयन प्रिमियर लिग क्रिकेटको फाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न दास्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात यो सिजनको उपाधी नजिक पुगेको हो । उपाधीका लागि भोली आईतबार हुने फाइनलमा गुजरातले रोयल च्यालेन्जर्स बैंगलुरु आरसीबीसँग भिड्नेछ ।
हिजो सम्पन्न खेलमा राजस्थानले दिएको २ सय १५ रनको लक्ष्य गुजरातले १८ दशमलब ४ ओभरमा तीन विकेट गुमाउँदै पुरा गरेको थियो । गुजरातको जितमा शुभमन गिलको प्रदर्शन सम्झनलायक बन्यो ।शुमनले ५३ बलमा १०४ रनको पारी खेल्दै टिमलाई जित दिलाए । उता राजस्थानका वैभव सुर्यवंशीले पनि ४७ बलमा ९६ रनको योगदान दिएपनि टिमका तर्फबाट बलिङ कमजोर हुँदा उपाधी होडमा लैजान सकेनन् ।
भोलीको फाइनल खेल निक्कै रोचक हुने अनुमान गरिएको छ । साविकको विजेता आरसीबी लगातार दोस्रोपटक उपाधी उचाल्ने लक्ष्यमा हुँदा गुजरात पहिलोपटक च्याम्पियन बन्ने दाउमा छ । यसअघि सन् २०२३ मा फाइनलमा पुगेको गुजरात चेन्नई सुपर किंग्ससँग पराजित हुँदा उपाधीविमुख बनेको थियो ।






