• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकसित गरिने

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ १६, शनिबार ०८:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जनकपुरधाम । संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको माता सीताको जन्मभूमि एवम् मधेसको राजधानी जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकास गर्ने घोषणा गरेका छन् ।

    अर्थमन्त्री डा. वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि संघीय संसद्मा प्रस्तुत गरेको बजेटमार्फत सो घोषणा गरेका हुन् । रामजानकी पथ तथा रामजानकी परिक्रमा सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको उनले जानकारी दिए। मधेस प्रदेशको लाइफ लाइनको रूपमा रहेको हुलाकी सडक तथा रेल्वेको विकास, पूर्व पश्चिम राजमार्गको विकास तथा सडक स्तरोन्नति, पोषण कार्यक्रमलगायत मधेसको शिक्षा, स्वास्थ्य तथा खेलकुदको क्षेत्रमा बजेट विनियोजन गर्ने बजेट व्यक्तब्यमा उल्लेख छ ।

    अर्थमन्त्री डा वाग्लेको उक्त घोषणालाई प्रदेशमा सकारात्मकरूपमा लिइएको छ । उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारीले वर्तमान सरकारको यो घोषणाले जनकपुरधाममा पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने तथा यसबाट रोजगारीको वातावरण तयार हुने बताए। साथै बजेटमार्फत सरकारले करको दरमा गरेको छुटको व्यवस्थाले उद्योगी तथा व्यवसायीलाई राहत मिलेको र यसबाट उद्योग तथा व्यवसायीलाई सहयोग पुग्ने उनले विचार व्यक्त गरे ।

    यसैगरी पत्रकारहरूका लागि दिइँदै आएको कल्याणकारी कोषको बजेट विनियोजनको घोषणा सकारात्मक रहेको स्थानीय पत्रकार रञ्जन मिश्रले बताए ।

    Post Views: 80
    प्रकाशित मिति: २०८३ जेष्ठ १६, शनिबार ०८:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.