• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बजेट महत्त्वाकांक्षी आएको छैन, प्रक्षेपित जीडीपीको जम्मा २८.५ प्रतिशत छ : अर्थमन्त्री वाग्ले

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ १७, आईतवार १६:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट महत्त्वाकांक्षी र ठूलो आकारको नआएको दाबी गरेका छन् । बजेट सार्वजनिकपछि आइतबार सञ्चारकर्मीलाई मन्त्रालयमा निम्ता गर्दै स्पष्टीकरण दिएका वाग्लेले बाहिर भनिएजस्तै र हल्ला गरिएजस्तै बजेट महत्त्वाकांक्षी र ठूलो आकारको नआएको दाबी गरे ।

    उनले भने, ‘मेरो भित्रि मनदेखिको चाहना ठूलो आकारको बजेट ल्याउने हुँदै होइन । भूकम्प, कोरोनाअघि जुन आकारमा बजेट बन्ने गरेका थिए, सोही सानो आकारमा बजेट ल्याउने चाहना थियो । तर, यसो भन्दैगर्दा अहिलेको बजेट ठूलो छैन ।’

    यसअघि कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा औसत २५ देखि ३० प्रतिशतको आकारमा वार्षिक बजेट बन्ने गरेकोमा आफूले ३० प्रतिशत तलकै प्रतिशतमा बजेट ल्याएको उनले बताए ।

    ‘बजेट प्रक्षेपित जीडीपीको तुलनामा जम्मा २८.५ प्रतिशतमा आएको छ । हाम्रो प्रक्षेपित जीडीपी ७४ खर्ब ५८ अर्ब रुपैयाँ बराबर रहेको छ,’ वाग्लेले भने । सोही अवसरमा उनले बजेटअघि नै सञ्चारमाध्ययमहरूमा सरकारले २५ खर्बको बजेट ल्याउँदै छ भनेर हल्ला मच्चाएको भन्दै सरकारमाथि अस्वाभाविक दबाब दिन खोजिएको बताए ।

    तर, २१ खर्बको बजेट समय र आवश्यकतालाई हेरेर ल्याइएको उनले बताए । उनले भने, ‘बजेटको आकार र अंकसँग सरोकार हुँदैन, कार्यान्वयनसँग हुन्छ ।’ सरकारले बजेट कार्यान्वयन गरेर देखाउने अर्थमन्त्री वाग्लेले दाबी गरे ।

    Post Views: 87
    प्रकाशित मिति: २०८३ जेष्ठ १७, आईतवार १६:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.