• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

राजधानीमा तीन दिने आदिवासी जनजाति चलचित्र महोत्सव

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ १८, सोमबार ०८:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि सुरु भएको छ ।

    चाबहिलस्थित चलचित्र विकास बोर्डमा सुरु भएको तीन दिने महोत्सवमा आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, परम्परा, इतिहास तथा सांस्कृतिक पहिचान झल्काउने कथानक र लघु चलचित्र, वृत्तचित्र तथा ‘एआई जेनेरेटेड’ वृत्तचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

    महोत्सवका निर्देशक सागर केरुङले आदिवासी जनजातिभित्रका विभिन्न समुदायका मौलिक कथा र जीवनशैलीलाई समेटिएका चलचित्रहरू प्रदर्शन गरिने जानकारी दिए । उनका अनुसार महोत्सवले आदिवासी जनजाति समुदायको कला, संस्कार र पहिचानलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।

    आदिवासी जनजाति चलचित्र महासंघका कार्यवाहक अध्यक्ष भुइसल लामाले आफ्नो समुदायका भाषा, संस्कृति र इतिहासलाई संरक्षण तथा प्रवर्द्धन गर्न महोत्सव महत्त्वपूर्ण माध्यम बनेको बताए ।

    महोत्सवमा ‘पीत’, ‘स्वयम्भू’, ‘डोल्प्पो राम्रानी’, ‘ह्याङ तानाछ’ र ‘दिलसरा’लगायतका चलचित्र प्रदर्शन गरिने छन् । । साथै उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, स्क्रिप्ट तथा वृत्तचित्रलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

    महोत्सवको उद्घाटन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यस प्रकारका महोत्सवले मौलिक सस्कृतिको उजागर र पहिचान प्रवर्द्धनमा टेवा पुग्ने धारणा राखे ।

    Post Views: 49
    प्रकाशित मिति: २०८३ जेष्ठ १८, सोमबार ०८:०१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.