• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नेविसंघको इतिहासकै पहिलो महिला अध्यक्षमा करुणा कटुवाल नियुक्त

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ १८, सोमबार १८:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेविसंघले आफ्नो झण्डै आधा सताब्दीको इतिहासमा पहिलो पटक महिला अध्यक्ष पाएको छ ।

    नेपाली कांग्रेसले आफ्नो प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा करूणा कटुवाललाई आज नियुक्त गरेको हो ।

    पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गतेको निर्णय बमोजिम धनकुटाकी कटुवाललाई सो जिम्मेवारी प्रदान गरेका हुन् । नेविसंघको कार्यसमितिको म्याद समाप्त भई स्वतः विघटन भएपछि रिक्त रहेको पदमा यो नियुक्ति गरिएको हो ।

    नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) मा रहेको व्यवस्था बमोजिम सभापति थापाले कटुवाललाई अध्यक्ष पदमा नियुक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

    नवनियुक्त अध्यक्ष कटुवाललाई मुख्य गरी दुईवटा जिम्मेवारी दिइएको छ । तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्ने र पार्टीले प्रदान गरेको ११ बुँदे कार्यादेश र कार्यविवरण अनुसार संस्थाको कार्यसम्पादन गर्ने जिम्मेवारी दिइएको छ ।

    नेविसंघलाई गतिशील बनाउँदै समयमै अधिवेशन गराउने उद्देश्यका साथ यो कदम चालिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

    Post Views: 96
    प्रकाशित मिति: २०८३ जेष्ठ १८, सोमबार १८:२३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.