• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

‘नेपाली सेनाको मुख्य लक्ष शान्ति स्थापना गर्नु हो’- प्रधान सेनापति सिग्देल

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ १८, सोमबार १८:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्रसंघको बडापत्रमा आधारित भई राष्ट्रसंघीय शान्ति मिसनका माध्यमबाट विश्वका विभिन्न देशमा नेपाली सेनाले पुर्‍याउँदै आएको योगदान विश्व शान्तिका लागि महत्त्वपूर्ण रहेको बताएका छन् ।

    संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आज आयोजित कार्यक्रममा उनले नेपाली सेनाले विश्वमा शान्ति स्थापनार्थ पुर्‍याएको ऐतिहासिक योगदानको स्मरण गरेका छन् ।

    नेपाली सेनाको मुख्य लक्ष शान्ति स्थापना गर्नु हो भन्दै प्रधान सेनापति सिग्देलले यही उद्देश्यमा अटल रहेर नेपाली सेनाले काम गरिरहेको स्पष्ट पारे । कामप्रतिको प्रतिबद्धता, व्यावसायिकता र इमान्दारिता नेपाली सेनाको पहिचान रहेको उल्लेख गर्दै उनले नेपाली सेनाले विश्वस्तरमा आर्जन गरेको प्रतिष्ठा नेपाल र नेपालीका लागि गौरवको विषय भएको बताए ।

    विभिन्न मिसनमा कार्यरत शान्ति सैनिकहरूलाई सम्बोधन गर्दै प्रधान सेनापति सिग्देलले भने, “हाल विभिन्न मिसनमा खटिएका तथा निकट भविष्यमा खटिन लागेका सबै शान्ति सैनिकहरू, तपाईँहरूको सेवाले द्वन्द्वका कारण जोखिममा परेका विश्वका लाखौँ नागरिकको आशा र भरोसा बोकेको हुन्छ । तपाईँहरूको व्यावसायिकता, करुणा, इमानदारिता र त्यागले नेपालको वास्तविक भावनाको प्रतिबिम्बित गर्दछ । यही तथ्यलाई आत्मसात् गरेर आफ्नो शान्ति स्थापना कार्यमा लाग्नुहोला ।”

    Post Views: 89
    प्रकाशित मिति: २०८३ जेष्ठ १८, सोमबार १८:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.