• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

ट्रेड युनियन खारेज गर्ने सरकारको कदम विरुद्ध नेपाल ट्रेड युनियन कांग्रेसद्धारा मानव अधिकार आयोगको ध्यानाकर्षण

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २०, बुधबार ०९:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ट्रेड युनियन खारेजीको सरकारको कदम विरुद्ध नेपाल ट्रेड युनियन कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । ट्रेड युनियन कांग्रेसले आयोगका अध्यक्ष तप बहादुर मगर समक्ष सरकारले संविधान प्रदत्त ट्रेड युनियन अधिकार संकुचन गर्न खोजेको भन्दै ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो । ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवरको नेतृत्वमा आयोग पुगेको टोलीले अध्यक्ष मगर सरकारले विना संवाद विभिन्न निर्णयहरु गरिएकोप्रति ध्यानाकर्षण गराएको हो ।

    भेटका क्रममा निजामति क्षेत्रको ट्रेड युनियन खारेजी गरेको, सरकार मातहतको श्रमिक सरोकारवाला त्रिपक्षीय समितिबाट श्रमिक प्रतिनिधिहरुलाई हटाएको, श्रमिकहरुको योगदान रहेको सामाजिक सुरक्षा कोषलाई श्रम रोजगार मन्त्रालयबाट महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यकमा स्थानन्तरण गरेका लगायतका निर्णयले ट्रेड युनियन अधिकारलाई संकुचन गर्न खोजेको विषयमा जानकारी गराएको नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजय कुमार राईले जानकारी दिए ।

    युनियनका अध्यक्ष कुँवरले संवैधानिक र प्रचलित कानुनी अधिकारलाई हठात र विना संवाद निजामति तर्फको युनियनलाई खारेजी गर्दै नेपालको श्रमिक आन्दोलनलाई संकुचन गर्न खोजेको आयोगका अध्यक्ष मगरलाई जानकारी गराएका थिए । ट्रेड युनियन कांग्रेसले श्रमिक तथा ट्रेड युनियनमाथि भएको हस्तक्षेपको स्वतन्त्र अध्ययन र छानबिन गर्न, संविधान, श्रम ऎन, ट्रेड युनियन र अन्तर्राष्ट्रिय श्रम मापदण्ड विपरीत भईरहेको निर्णय फिर्ता लिन वा संशोधन गर्न सिफारिस गरिदिन, संगठन स्वतन्त्रता , सामुहिक सौदाबाजी सुनिश्चित गर्न र श्रमिक तथा मानव अधिकार संरक्षणका लागि सामाजिक संवादलाई प्रभावकारी गराउनका लागि सिफारिस गर्न नेपाल ट्रेड युनियन कांग्रेसले आयोगलाई आग्रह गरेको हो ।

    मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले ज्ञापनपत्र ग्रहण गर्दै श्रमिक तथा ट्रेड युनियन अधिकार मानव अधिकारकै दायराभित्र पर्ने विषय भएकोले आयोगले गम्भीरतापूर्वक हेर्दै छलफल गर्ने र निष्कर्षमा पुग्ने बचन दिएको ट्रेड युनियन कांग्रेसका महासचिव राईले जानकारी दिए । निजामती ऎनमा भर्खरै भएको संशोधनले निजामती तथा स्वास्थ्य सेवामा ट्रेड युनियनको व्यवस्थालाई खारेज गरिएको छ ।

    Post Views: 61
    प्रकाशित मिति: २०८३ जेष्ठ २०, बुधबार ०९:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.