• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

चोरी भएका ४० दुईपाङ्ग्रे सवारी ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २०, बुधबार १६:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका ४० वटा दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई ट्राफिक प्रहरीले फिर्ता गरेको छ। फेला परेका ती सवारीमध्ये २५ मोटरसाइकल र १५ स्कुटर रहेका छन्।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार खोजतलासका क्रममा विभिन्न मिति र स्थानमा चोरी भएका तथा हराएका सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गरी आज औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

    कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले सम्बन्धित धनीलाई सवारीसाधन बुझाएका थिए। उनका अनुसार प्राप्त निवेदन तथा विभिन्न सूचनाका आधारमा खोजी अभियान सञ्चालन गरी ती सवारी फेला पारिएको हो।

    प्रहरीका अनुसार ती सवारी साधनहरू काठमाडौँ उपत्यकाका सिम्ले, गुर्जुधारा, धर्मस्थली, नयाँबसपार्क, जम्बुडाँडा, सातदोबाटो, काँडाघारी, बानेश्वर, जोरपाटी, गोकर्ण, कीर्तिपुर, सुकेधारा, चुनदेवी, नैकाप, सुन्दरीजल, बौद्ध र जयबागेश्वरीलगायत क्षेत्रबाट बरामद गरिएको हो। केही सवारीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको पाइएको पनि प्रहरीले जनाएको छ।

    ट्राफिक प्रहरीका अनुसार हालसम्म गत साउनयता मात्र ५०२ वटा सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता गरिएको छ। यसै क्रममा चोरीमा संलग्न ४५ जनालाई समेत नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।

    Post Views: 62
    प्रकाशित मिति: २०८३ जेष्ठ २०, बुधबार १६:५३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.