• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

हात्तीको दाह्रासहित पाँच जना पक्राउ

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २१, बिहीबार ०६:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार (हात्तीको दाह्रा) सहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौँ तार्केश्वर नगरपालिका–९ का २५ वर्षीय राजीव महर्जन, काठमाडौँ महानगरपालिका–१७ का २७ वर्षीय आयुष महर्जन, गोरखाको अजिरकोट गाउँपालिका–४ का २० वर्षीय सन्तबहादुर भुजेल, सोही जिल्ला धार्चे–४ का २६ वर्षीय टेकप्रसाद गुरुङ तथा बैतडीको डिलासैनी गाउँपालिका–३ का २४ वर्षीय पुरन बोहरा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक शरत्कुमार थापा क्षेत्रीले जानकारी दिए ।

    उनले भने, “काठमाडौँको मनमैजु क्षेत्रमा राजीव महर्जन समेतका व्यक्तिहरूले अवैध रूपमा वन्यजन्तु हात्तीको दाह्रा ओसारपसार बिक्री वितरण तथा सञ्चय गरिराखेको सूचनाका आधारमा हाम्रो टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।”

    राजीव महर्जनको घरको पूर्वतर्फ रहेको खाली जग्गामा गाडेर राखेको अवस्थामा हात्तीको दाह्रा दुई थान र निजको घर कोठामा ट्रमाडोल–५० लेखिएको लागुऔषध १५० क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका राजीव महर्जन, आयुष महर्जन र टेकप्रसाद गुरुङलाई लागुऔषध नियन्त्रण ऐन २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिमको कसुरमा एवं पुरन बोहरा र सन्तबहादुर भुजेललाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ र डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ पठाइएको प्रवक्ता थापा क्षेत्रीले बताए ।

    Post Views: 83
    प्रकाशित मिति: २०८३ जेष्ठ २१, बिहीबार ०६:११
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.