• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

केरापछि भारतीय आँपमाथि सरकारले लायो प्रतिबन्ध

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २१, बिहीबार १२:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल सरकारले भारतीय आँपको आयातमा लगाएको प्रतिबन्धले नेपाली किसान र उपभोक्ता दुवै पक्षमा सकारात्मक प्रभाव पार्ने संकेत देखिएको छ। केही समयअघि आयातित केरामा प्रतिबन्ध लगाएसँगै गाउँघरका लोकल केराले बजार पाएजस्तै, हाल भारतबाट आयात हुने आँपमा लगाइएको रोकले पनि स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने अवसर सिर्जना गरेको छ। विशेषगरी असार महिनाको सुरुवातसँगै नेपाली आँप बजारमा आउने मुख्य समयमा गरिएको यो निर्णयले किसानलाई उत्साहित बनाएको छ।

    यसअघि भारतीय आँपको निर्वाध आयातका कारण किसानले उचित मूल्य पाउन नसकी खेतीबाटै पलायन हुनुपर्ने बाध्यता थियो भने उपभोक्ताले विषादीयुक्त फल खानुपर्ने अवस्था थियो। सरकारको यो कदमले दीर्घकालीन रूपमा कृषि क्षेत्रमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने ऐतिहासिक पाठ सिकाएको छ।

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार, भारतीय आँपमा स्वास्थ्यलाई हानिकारक कडा रसायन प्रयोग गरिएको पाइएपछि वैशाख महिनादेखि नै पूर्ण प्रतिबन्ध लगाइएको हो। क्वारेन्टाइन कार्यालय भिठामोडका निमित्त प्रमुख किशोर कुमार यादवका अनुसार नेपाली किसानलाई आत्मनिर्भर बनाउने नीतिअनुरूप यो निर्णय लिइएको हो। चालु आर्थिक वर्षको चैत महिनासम्म मात्रै १५.८ मेट्रिक टन (करिब १० लाख मूल्यबराबरको) भारतीय आँप भिठामोड नाका हुँदै नेपाल भित्रिएको तथ्यांक छ। यस वर्ष मधेस प्रदेशका आठ जिल्लामा ३० हजार ८ सय हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ, जसबाट ४० अर्ब ४० करोड रुपैयाँ बराबरको चार लाख मेट्रिक टनभन्दा बढी उत्पादन हुने अनुमान गरिएको छ। यद्यपि, चैत(वैशाखमा आएको हावाहुरी, असिना र मधुवा रोगका कारण उत्पादनमा केही प्रभाव परेको छ।

    बढी नाफा कमाउने लोभमा व्यापारीहरूले काँचो आँपमा विषादी प्रयोग गरी नेपाल पठाउने गरेको र यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकहरूको चेतावनी छ। सरकारी निर्णयले किसानलाई राहत दिए पनि नेपाल–भारतबीचको खुला सीमानाका कारण तस्करहरूले अझै पनि अवैध रूपमा भारतीय आँप भित्र्याउने जोखिम कायमै छ। तसर्थ, सरकारी नीति कार्यान्वयनका लागि सीमानामा कडाइ गर्दै स्वदेशी उत्पादनको बजारीकरणमा थप जोड दिनु आवश्यक देखिन्छ।

    Post Views: 87
    प्रकाशित मिति: २०८३ जेष्ठ २१, बिहीबार १२:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.