• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : सभापति थापा

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २१, बिहीबार १८:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जातीय भेदभाव तथा छुवाछूत कुनै एक जाति वा समुदायको मात्र समस्या नभई राष्ट्रको साझा समस्या भएको बताएका छन् ।

    जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले सबैको सामूहिक र साझा प्रयत्नबाट मात्र यो कुरीतिको अन्त्य गर्न सकिनेमा जोड दिएका छन् । यसमा कांग्रेस प्रतिबद्धतापूर्वक अनवरत रूपमा लागेको उनले उल्लेख गरे ।

    उनले यो दिवसले सबैमा समानता, सामाजिक न्याय, मानव अधिकार र सबै मानव जाति समान हौँ भन्ने भावनाको विकास गर्दै जातका आधारमा मानिसमाथि गरिने सबैखालका घृणा र विभेदको अन्त्य गर्ने प्रेरणा र सन्देश दिन सकोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

    जातीय भेदभाव मुक्त राष्ट्र घोषणामा तत्कालीन सरकार प्रमुखको तर्फबाट पहल गर्नुहुने पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाप्रति सम्मान व्यक्त गर्दै सभापति थापाले कांग्रेस दलित समुदायले भोग्दै आएको छुवाछूत तथा भेदभाव अन्त्यका लागि लाग्ने एक प्रतिबद्ध दल भएको उल्लेख गरेका छन् ।

    ‘दलित समुदायको राजनीतिक प्रतिनिधित्वको कुरा गर्ने हो भने नेपालका दलित समुदायलाई पहिलो पटक संसद्मा निर्वाचित गराउने पहिलो दल पनि कांग्रेस नै हो । विसं २०४८ मा बाँकेबाट कांग्रेसका कृष्ण परियार नेपालको इतिहासमा पहिलो निर्वाचित प्रतिनिधिसभा सदस्य थिए। कांग्रेसको केन्द्रीय समितिको महामन्त्री जस्तो गरिमामय पदमा धनमानसिंह परियार पार्टीको महामन्त्री हुनुभयो’, उनले सन्देशमा उल्लेखमा गरेका छन् ।

    तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेको कांग्रेसको सरकारले २०५८ सालमा राष्ट्रिय दलित आयोगको स्थापना गरेको र कांग्रेसका नेता पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पालामा नेपालले नयाँ संविधान पाएको तथा उक्त संविधानमा छुवाछूतलाई दण्डनीय सामाजिक अपराधका रूपमा लिइएको सभापति थापाको भनाइ छ ।

    उनले सबै तहमा सरकार, नीतिनिर्माता, राजनीतिक दल, सबै सरोकारवाला साथै पार्टी पङ्क्ति स्वयंलाई दलित समुदायको सामाजिक न्यायको र समृद्धिका पक्षमा घनिभूत रूपमा लागि पर्न अपिल गरे ।

    Post Views: 72
    प्रकाशित मिति: २०८३ जेष्ठ २१, बिहीबार १८:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.