• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सम्पर्कविहीन कर्मचारीको खोजी सुरु, तीन दिनभित्र अभिलेख अद्यावधिक नगरे कारबाही

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २२, शुक्रबार ११:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ​

     काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका निजामती कर्मचारीहरूको अभिलेख अद्यावधिक गर्न सम्बन्धित कर्मचारी तथा निकायहरूलाई निर्देशन दिएको छ ।

    मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै प्रचलित कानुनबमोजिम अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही निजामती कर्मचारी बिदा अवधि समाप्त भएपछि पनि सम्बन्धित कार्यालयमा हाजिर नभएको, लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेको तथा नियमित रूपमा हाजिर भए पनि राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण (पिआइएस) अद्यावधिक नभएको सम्बन्धमा जानकारी तथा गुनासा प्राप्त भएको जनाएको छ ।

    सोही आधारमा मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी आफ्नो अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीलाई सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र अभिलेख अद्यावधिक गराउन आग्रह गरेको छ ।

    मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयहरूलाई पनि आफ्ना निकायबाट विभिन्न समयमा अध्ययन बिदा तथा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ । बिदा अवधि समाप्त भएपछि सम्बन्धित कर्मचारी हाजिर भए–नभएको तथा अन्य आवश्यक विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी यकिन गर्न र तीन दिनभित्र सम्पूर्ण विवरण अद्यावधिक गर्न अनुरोध गरिएको छ ।

    सूचनामा अध्ययन बिदा तथा असाधारण बिदामा गई बिदा अवधि समाप्त भएपछि पनि सम्बन्धित कार्यालयमा हाजिर नभएका वा लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका कर्मचारीका हकमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने अवस्थासमेत रहेको उल्लेख गरिएको छ ।

    मन्त्रालयका सहसचिव एवं प्रवक्ता एकदेव अधिकारीद्वारा जारी सूचनामा कर्मचारी अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउन तथा बिदापछि सेवामा फर्किने कर्मचारीहरूको अवस्था यकिन गर्न यो कदम चालिएको जनाइएको छ ।

    image-52-768x1113-1780638926.png​

    ​

    Post Views: 97
    प्रकाशित मिति: २०८३ जेष्ठ २२, शुक्रबार ११:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.