अबदेखि अवैध रुपमा नामका अघि ‘डाक्टर’ उपाधि लेख्ने व्यक्तिहरूलाई कारबाही हुने भएको छ । नेपाल मेडिकल काउन्सिलले एक विज्ञप्ती जारी गर्दै अवैध रुपमा ‘डाक्टर’ लेख्ने व्यक्तिलाई कारबाहीको चेतावनी दिएको हो ।
यसअघि काउन्सिलले जेठ ७ गते सूचना जारी गरी गैरकानुनी रुपमा चिकित्सकको उपाधि नलेख्न आग्रह गरेको थियो । यदि कसैले गैरकानुनी रुपमा नामको अगाडि डाक्टर लेखेर उपचार गरिरहेको भए सच्याउन काउन्सिलले सचेत गराएको थियो । काउन्सिलले दिएको १५ दिने समय जेठ २२ मा सकिएको छ ।
‘ऐन विपरीत अवैध रुपमा चिकित्सकको उपाधि प्रयोग गरेको वा सो उपाधिको आडमा बिरामी जाँच्ने÷परामर्श दिने जस्ता गतिविधिबारे जानकार जो कसैले प्रमाण वा विवरणसहितको उजुरी दर्ता गर्न पनि काउन्सिलले आग्रह गरेको छ । यसरी आएको उजुरीमाथि छानबिन गरी कारबाही गरिने काउन्सिलले जनाएको छ ।






