• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

१० जिल्लामा फैलियो बर्डफ्लु संक्रमण

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २३, शनिबार १६:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपालमा पछिल्लो समय बर्डफ्लु संक्रमण १० जिल्लामा फैलिएको छ । राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली र र्यापिड रेस्पोन्स टोलीको तथ्यांकअनुसार हालसम्म ५५ वटा व्यावसायिक तथा घरेलु पक्षीपालन फार्ममा संक्रमण पुष्टि भएको छ ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका निकायहरूले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा पहिलो पटक गत चैत ४ गते झापाको सुन्दरहरैँचा–४ स्थित एउटा लेयर्स कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको थियो । त्यसयता संक्रमण कोशी प्रदेशबाट फैलिँदै मधेश, बागमती र अन्य क्षेत्रमा समेत पुगेको छ ।

    तथ्यांकअनुसार संक्रमणका कारण हालसम्म ४ लाख ७९ हजार १५६ वटा पक्षी नष्ट गरिएको छ भने ६ लाख ९४ हजार १९३ वटा अण्डा नष्ट गरिएको छ । त्यस्तै, १ लाख ८२ हजार ७७५ किलोग्राम पशु आहारसमेत नष्ट गरिएको छ । सबैभन्दा बढी प्रभावित जिल्ला सुनसरी रहेको छ, जहाँ २३ वटा फार्ममा संक्रमण पुष्टि भएको छ । सुनसरीमा मात्रै २ लाख ८५ हजार ५६४ वटा पक्षी र ४ लाख २७ हजार ५८० वटा अण्डा नष्ट गरिएको छ । त्यस्तै मोरङमा ११ वटा फार्म प्रभावित हुँदा १ लाख १ हजार ८६० वटा पक्षी नष्ट गरिएका छन् ।

    काठमाडौं उपत्यकामा समेत संक्रमण फैलिएको देखिएको छ । काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा २ वटा फार्म प्रभावित भएका छन् । काठमाडौंमा मात्रै ३९ हजार ४८१ वटा पक्षी नष्ट गरिएको तथ्यांकमा उल्लेख छ । संक्रमण प्रभावित अन्य जिल्लामा चितवन, झापा, बारा, पश्चिम नवलपरासी र महोत्तरी रहेका छन् ।

    सम्बन्धित निकायका अनुसार संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रका पक्षी नष्ट गर्ने, अण्डा तथा दानामा नियन्त्रण गर्ने, सरसफाइ र निसंक्रमण अभियान सञ्चालन गर्ने लगायतका कदम चालिएका छन् ।

    विशेषज्ञहरूले बर्डफ्लु फैलनुका मुख्य कारणमा जंगली चराचुरुङ्गीको आवतजावत, फार्म नजिक सिमसार क्षेत्रको उपस्थिति, जैविक सुरक्षा मापदण्डको कमजोर पालना, सवारीसाधन तथा आगन्तुकहरूको अनियन्त्रित प्रवेश, प्रयोग गरिएका अण्डा क्रेटहरूको उचित निसंक्रमण नगरी पुनः प्रयोग तथा पर्याप्त सुरक्षाविना जीवित र मरेका पक्षीको व्यवस्थापनलाई औंल्याएका छन् ।

    Post Views: 56
    प्रकाशित मिति: २०८३ जेष्ठ २३, शनिबार १६:०५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.