• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

तीन हजार ७ सय ३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २३, शनिबार १८:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – काठमाडौँ महानगरपालिकाले शैक्षिक २०८३/८४ का लागि कक्षा ११ र १२ कोटामा पहिलो मनोनयन सूची (म्याचिङ लिष्ट)बाट तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस गरेको छ ।

    कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने छात्रवृत्ति छनोट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट भर्नाका लागि सिफारिस गरिएको परीक्षा समितिका संयोजक नमराज ढकालले जानकारी दिए ।

    यसअघि प्रकाशित अन्तिम योग्यता क्रम, विद्यार्थीले आवेदन दिँदा रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा साधारण एवं आरक्षण र समूहगत रूपमा तोकिएको सङ्ख्याका आधारमा नाम सिफारिस गरिएको उनले बताए । शुक्रबार बसेको परीक्षा समितिको निर्णयअनुसार मनोनयन सूची प्रकाशन गरिएको छ ।

    मनोनयनमा परेका परीक्षार्थीहरूले महानगरको छात्रवृत्तिसम्बन्धी पोर्टलमा छात्रवृत्ति परीक्षाको रोल नम्बर, जन्म मिति र पासवर्ड (मोबाइल वा इमेलमा प्राप्त) प्रयोग गरेर मनोनयन पत्र प्रिन्ट गर्ने व्यवस्था मिलाइएको छ । मनोनयन पत्र लिएर जेठ २७ गतेभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नु पर्ने परीक्षा समितिका संयोजक ढकालले जानकारी दिए ।

    प्रकाशित सूचीअनुसार शिक्षामा छ जना, मानविकीमा १२, कानुनमा ५०, व्यवस्थापनमा एक हजार ४०१ र विज्ञानमा दुई हजार २६६ जनाको नाम सिफारिस गरिएको छ । यसमा ‘ल्याण्डफिल साइट’ प्रभावित क्षेत्रबाट २८ जना, महानगरभित्रका स्थायी वासीबाट चार सय ९२ जना, सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गर्नेबाट एक हजार ५४५ जना, संस्थागत विद्यालयबाट उत्तीर्ण गर्नेबाट चार सय ८१, अपाङ्गता भएका व्यक्ति तथा अभिभावकमा अपाङ्गता भएका परिवारबाट १३, आदिवासी जनजातिबाट एक सय ७३, खस आर्यबाट एक सय ९७, छात्रा कोटाबाट चार सय ४०, थारुबाट ३९, दलितबाट ९६, पिछडिएको क्षेत्रबाट ४६, मधेशीबाट एक सय ४९, मुस्लिमबाट २२ र सहिद, बेपत्ता पारिएका, जेन जेड आन्दोलन, द्वन्द्वपीडित परिवारबाट १४ जना विद्यार्थी छन् ।

    यस वर्षका लागि महानगरभित्रका एक सय ४५ वटा शिक्षण संस्थाका लागि चार हजार ८५७ कोटा निर्धारण गरिएको छ । पहिलो चरणमा मनोनयन भएका विद्यार्थीहरू तोकिएको मितिभित्र भर्ना नभई रिक्त रहन गएका सिटमा बाँकी रहेका विद्यार्थीको योग्यता क्रम र शिक्षण संस्थाको प्राथमिकताका आधारमा २८ गतेपछि दोस्रो चरणको मनोनयन सूची प्रकाशन हुने जनाइएको छ ।

    Post Views: 62
    प्रकाशित मिति: २०८३ जेष्ठ २३, शनिबार १८:३६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.