• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

ईश्वरी भुजेल मृत्यु प्रकरणमा चार जना पक्राउ, अनुसन्धानका लागि पाँच दिन म्याद

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २४, आईतवार १८:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु घटनासँग सम्बन्धित आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार अदालतबाट पाँच दिनको म्याद लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    प्रहरीका अनुसार पक्राउ परेकामध्ये भुजेलका श्रीमान् कुमार थापा पनि छन्। उनीसँगै अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको जनाइएको छ।

    प्रारम्भिक अनुसन्धानका आधारमा काठमाडौँको तारकेश्वर नगरपालिका-६, लोलाङ पैँयुटार क्षेत्रमा भएको घरायसी विवादका क्रममा भुजेलमाथि धारिलो हतियार तथा फलामको रड प्रयोग भएको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    मृतक भुजेल नेपाली सेनामा कार्यरत रहेको र घटनासम्बन्धी दर्ता भएको जाहेरीका आधारमा अन्य तीन जनालाई समेत पक्राउ गरिएको प्रहरीको भनाइ छ।

    यस प्रकरणमा पक्राउ परेका अन्य व्यक्तिहरूमा नुवाकोट तारकेश्वर-४ का विक्रम थापा मगर, काठमाडौँ बालाजुमा बसोबास गर्ने पुजन थापा क्षेत्री तथा जुम्ला स्थायी घर भई हाल काठमाडौँको गोकर्णेश्वर क्षेत्रमा बस्दै आएकी प्रतीक्षा आचार्य रहेका छन्।

    प्रहरीका अनुसार शुक्रबार राति भएको घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ।

    घटनाको वास्तविक कारण र संलग्नताको विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।

    Post Views: 124
    प्रकाशित मिति: २०८३ जेष्ठ २४, आईतवार १८:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.