• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २५, सोमबार ०७:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । सगरमाथा आरोही संघले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको र त्यसले विदेशी पर्यटकमा नकारात्मक असर परेको जनाउँदै सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ ।

    संघद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “विसं २०८५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेसँगै हिमाली क्षेत्रमा देखिएको असुरक्षाप्रति आरोही मर्माहत भएका छौँ । नेपाल सरकारसमक्ष आफूलाई पर्न गएको समस्याप्रति धारणा सार्वजनिक गर्न सम्पूर्ण आरोहीलाई अनुरोध गर्दछौँ ।”

    संघले सगरमाथा आधार शिविरभन्दा माथि कार्यरत ओखलढुंग जिल्ला खिजिदेम्बा गाउँपालिका-६ स्थायी ठेगाना भएका आरोही ५७ वर्षीय दावा शेर्पाको जीवनमा आइपरेको घटनाप्रति आरोही संघसहित सम्पूर्ण आरोहीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    संघले भनेको छ, “आरोही शेर्पाको परिवार स्रोतका अनुसार उद्धार कार्यमा सम्बन्धित ट्रेकिङ कम्पनीले बेवास्ता गरेको, खोजी गर्नुको सट्टा गैरजिम्मेवार अभिव्यक्ति दिएकोलगायत अन्य गुनासा छन् । दोस्रो आधार शिविरमा ‘कुक’का रूपमा कार्यरत आरोहीलाई चौथो आधार शिविरमा जान दबाबमा पार्ने कार्य र छ दिनसम्म बेपत्ता हुँदा उहाँको खोजी के-कसरी गरियो भन्ने विषयमा उच्चस्तरीय छानबिन समिति गठन हुन जरुरी ठानेका छौँ ।”

    हिमाली क्षेत्रमा कार्यरत आरोहीको सुरक्षाप्रति संघ सदैव चनाखो रहने भएको जनाउँदै यस किसिमको दुर्घटनाबाट मानवीय जीवनमा परेको असरप्रति संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । साथै शेर्पाको परिवारमा संघले ऐक्यबद्धता जनाउँदै संघले भविष्यमा पुनः यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक कानुनको निर्माण गरिदिनका लागि माग सरकारसमक्ष गरेको छ ।

    Post Views: 80
    प्रकाशित मिति: २०८३ जेष्ठ २५, सोमबार ०७:०१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.