राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सर्वदलीय बैठक बोलाएको छ । समसामयिक राजनीतिका विषयमा छलफल गर्न आज बिहान ९ बजे सभापति रवि लामिछानेले बैठक बोलाएका हुन् ।
गत फागुन २१ गतेको निर्वाचनपछि राजनीतिक दलहरुका शीर्ष तहको सर्वदलिय बैठक पहिलोपटक बस्न लागेको हो । बैठक सिंहदरबारको संसद सचिवालयस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने जानाईएको छ ।
बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष÷सभापतिसहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको छ । प्रतिनिधि सभाका प्रतिपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतीय भूमि मिचेको छ भनि संसदमा अभिव्यक्ति दिएपछि माफि माग्नुपर्ने माग राख्दै संसद अवरुद्ध पार्दै आएका छन् ।
लामो समयदेखि अवरुद्ध संसद बैठक खुलाउने प्रयत्नका रुपमा यो बैठकलाई लिईएको छ । संसद बैठक आजैका लागि बोलाईएको छ । सर्वदलिय बैठक बोलाउनु अघि रास्वपा सभापति लामिछानेले हिजो प्रधानमन्त्री बालेन्द्र शाहलाई बालुवाटार पुगेर भेट गरेका थिए ।






