• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

गृहमन्त्रीमा गुरुङको पुनरागमन, महाविर पुनले सम्हाल्दै नवप्रवर्तन मन्त्रालय : सपथ आजै ३ बजे

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २६, मंगलवार १३:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरुङ पुन: गृहमन्त्री नियुक्त हुने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार उनको पद तथा गोपनीयताको शपथ आज दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको छ ।

    व्यापारी दीपक भट्ट सँगको व्यापारिक साझेदारी र बीमा कम्पनीमा गरिएको लगानीका विषयमा प्रश्न उठेपछि गुरुङ गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा सेयर खरिद गर्दा प्रयोग भएको रकमको स्रोतबारे सार्वजनिक रूपमा प्रश्न उठेपछि उनीमाथि राजनीतिक तथा सार्वजनिक दबाब बढेको थियो । गुरुङले भने आफूले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको दाबी गर्दै आएका थिए । उनी २६ दिन मात्र गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए ।

    उक्त विषयमा सत्यतथ्य छानबिन गर्न मन्त्रिपरिषद्ले वैशाख २८ गते अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा शोभाकान्त पौडेल र अच्युतमणि नेउपाने सदस्य रहेका थिए । समितिलाई गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका विषयको अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको थियो ।

    समितिले अध्ययनपछि गुरुङमाथि लगाइएका आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकालेको थियो । उनको सेयर लगानी तथा चल–अचल सम्पत्तिसम्बन्धी विवरणको परीक्षणपछि सम्पत्तिको स्रोत वैध देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । ४५ पृष्ठ लामो प्रतिवेदनले सम्पत्ति विवरणमा देखिएका केही कमजोरीलाई व्यक्तिगत आचरणभन्दा पनि प्रणालीगत समस्याका रूपमा व्याख्या गरेको जनाएको छ ।

    यसैबीच, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सांसद महाविर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन् । सरकारले हालै कार्यविभाजन पुनर्संरचनाअन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना गरेको हो ।

    नयाँ मन्त्रालयमार्फत विज्ञान, प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलतासम्बन्धी सरकारी कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने अपेक्षा गरिएको छ । महाविर पुनको नियुक्तिसँगै अनुसन्धान, प्रविधि विकास तथा नवप्रवर्तन प्रवर्द्धनका विषयमा सरकारको प्राथमिकता थप स्पष्ट हुने सरकारको बुझाई छ ।

    Post Views: 105
    प्रकाशित मिति: २०८३ जेष्ठ २६, मंगलवार १३:०७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.