• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

देशभर करिब डेढ लाख टन रासायनिक मल मौज्दात, युरिया ८० हजार टनभन्दा बढी

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २६, मंगलवार १५:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। देशभरका सरकारी गोदाममा हाल करिब १ लाख ४० हजार ८ सय टनभन्दा बढी अनुदानित रासायनिक मल मौज्दात रहेको पाइएको छ।

    कृषि, वन तथा वातावरण मन्त्रालयले २०८२ साउन १ देखि २०८३ जेठ १८ सम्मको विवरणका आधारमा सार्वजनिक गरेको तथ्यांक अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सञ्चालित गोदामहरूमा उक्त परिमाणमा मल सञ्चित रहेको हो।

    मौज्दातमध्ये सबैभन्दा ठूलो हिस्सा युरिया मलको रहेको छ, जसको मात्रा ८० हजार ९ सय टनभन्दा बढी छ। त्यसपछि डिएपी मल ४० हजार ७ सय ६० टन र पोटास मल १९ हजार १ सय ८० टन रहेको मन्त्रालयले जनाएको छ।

    चालु आर्थिक वर्ष २०८२–८३ का लागि सरकारले ६ लाख टन रासायनिक मल आपूर्ति गर्ने लक्ष्य राखेको छ, जसका लागि २८ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ।

    मन्त्रालयका अनुसार हालसम्म करिब ४ लाख ९१ हजार टन मलको खरिद प्रक्रिया टेन्डरमार्फत अघि बढाइएको छ। यस्तै, बाटोमा रहेको मल समेत जोड्दा कुल आपूर्ति ५ लाख ५७ हजार ७ सय टनभन्दा बढी पुगेको छ।

    आपूर्ति भएको परिमाणमा युरिया सबैभन्दा धेरै ३ लाख २९ हजार टनभन्दा बढी रहेको छ। त्यसैगरी डिएपी करिब २ लाख टन र पोटास २७ हजार टनभन्दा बढी आपूर्ति भएको विवरणमा उल्लेख छ।

    सरकारी तथ्यांकअनुसार हालसम्म ४ लाख ६५ हजार टनभन्दा बढी रासायनिक मल बिक्री भइसकेको छ। बिक्री भएका मध्ये युरिया, डिएपी र पोटास क्रमशः प्रमुख हिस्सामा रहेका छन्।

    यसैबीच, करिब ३ हजार टनभन्दा बढी मल अझै आपूर्ति प्रक्रियामा रहेको जनाइएको छ, जसमा युरिया र डिएपी दुवै समावेश छन्।

    सरकारले मौज्दात र आपूर्ति व्यवस्थापन सन्तुलित रहेकाले आगामी धान सिजनमा तत्काल मल अभाव नहुने दाबी गर्दै आएको छ।

    Post Views: 89
    प्रकाशित मिति: २०८३ जेष्ठ २६, मंगलवार १५:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.