• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २७, बुधबार १३:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – क्यानडाको राष्ट्रिय वायुसेवा कम्पनी एयर क्यानडाका पूर्व पाइलट जियाफ्री वाललाई नक्कली लाइसेन्सका आधारमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

    ओन्टारियोको पिल क्षेत्रीय प्रहरीले मंगलबार दिएको जानकारीअनुसार वाललाई चार महिना लामो अनुसन्धानपछि ठगी र अन्य विभिन्न आरोपमा पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको हो ।

    क्षेत्रीय प्रहरीका डेपुटी चीफ निक मिलिनोविचका अनुसार आरोपी वालमाथि ५ हजार डलरभन्दा बढीको धोखाधडी, सार्वजनिक उपद्रव नक्कली कागजातको प्रयोग र किर्ते प्रमाण चिह्न राखेको लगायतका विभिन्न गम्भीर मुद्दा दर्ता गरिएको छ।

    क्यानडाको उड्डयन क्षेत्रको नियामक निकाय ट्रान्सपोर्ट क्यानडाको नियमित जाँचका क्रममा उनको कागजातमा कैफियत भेटिएपछि यो घटना बाहिर आएको हो। प्रहरी अनुसन्धानका अनुसार वालले सन् १९९८ मा उड्डयन क्षेत्रमा आफ्नो करियर सुरु गरेका थिए। सन् २००९ मा नक्कली प्रमाण–पत्र पेश गर्दै उनी पाइलट-इन-कमान्ड अर्थात् क्याप्टेनको पदमा पदोन्नति हुन सफल भएका थिए। त्यसयता उनले वर्षौँसम्म हजारौँ यात्रु बोकेर व्यावसायिक उडानहरू भरिरहेका थिए।

    गत वर्ष पियर्सन विमानस्थलमा ट्रान्सपोर्ट क्यानडाले गरेको नियमित सञ्चालन जाँचका क्रममा उनको कागजातमा त्रुटि फेला परेको थियो। त्यस लगत्तै यो घटनाको विस्तृत छानबिनका लागि प्रोजेक्ट इकारसु नामक विशेष अनुसन्धान अभियान सुरु गरिएको थियो।

    आरोपीले ती नक्कली कागजातहरू कसरी तयार पारे र यति लामो समयसम्म सरकारी प्रणाली तथा वायुसेवा कम्पनीको आँखा छल्न कसरी सफल भए भन्नेबारे अनुसन्धान एजेन्सीहरूले थप छानबिन गरिरहेका छन्।

    Post Views: 108
    प्रकाशित मिति: २०८३ जेष्ठ २७, बुधबार १३:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.