• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २७, बुधबार १४:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरु गरेको छ ।

    नेपाल सरकारको पछिल्लो कार्य विभाजनबाट साविक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि हटाएर नवप्रवर्तन थपेर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना भएको हो । यस मन्त्रालयमा स्वतन्त्र सांसद महावीर पुनले मङ्गलबारदेखि मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका छन् ।

    मन्त्रालयका सचिवका रूपमा इञ्जिनियरिङ सेवाका प्रमिला बज्राचार्यले पनि केही दिनअघि जिम्मेवारी पाएकी थिइन् । सचिव बज्राचार्यले मन्त्रालयले सिंहदरबारस्थित साविक युवा तथा खेलकुद मन्त्रालयको कार्यालयबाट काम सुरु गरेको जानकारी दिइन् । मन्त्री पुनले नयाँ मन्त्रालयले शून्यबाट काम थाल्नुपर्ने भएकाले पदबहालीपश्चात् मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने निर्णय गरेका थिए।

    सचिव बज्राचार्यले मन्त्री पुनले भने झैँ आफूहरूले शून्यबाट सुरु गरेको बताउँदै मन्त्रालयको वेबसाइटको नमुना (टेम्प्लेट) तयार गरेर सूचना प्रविधि विभागलाई दिइसकिएकाले प्रणालीगत कारणले ७२ घण्टापछि अपलोड हुने जानकारी आएको बताइन् ।

    नवप्रवर्तन मन्त्रालयमा हाल दरबन्दी २४ जना कर्मचारीले काम गर्दै छन् भने नयाँ सङ्गठन संरचना बनेपछि सङ्ख्या बढ्ने जनाइएको छ । मन्त्री पुन मन्त्रालयमै सरकारी निवास कायम गर्ने गरी आजदेखि सिंहदरबारमा सरेका छन् ।

    Post Views: 97
    प्रकाशित मिति: २०८३ जेष्ठ २७, बुधबार १४:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.