• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सेती पुलको दोस्रो पटक म्याद थप

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २८, बिहीबार ०७:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ । मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत निर्माणाधीन यस पुलको म्याद विसं २०८३ फागुन २१ गतेसम्म पुर्‍याइएको हो ।

    सेतीको हालको पुलको ‘अपस्ट्रिम’ र ‘डाउनस्ट्रिम’ १९० मिटरका दुई वटा पक्की पुल रु एक अर्ब सात करोड लागतमा निर्माण गर्नका लागि विसं २०७९ भदौ २६ गते ठेक्का सम्झौता गरिएको थियो ।

    एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागअन्तर्गत निर्माण भइरहेको पुल तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी एम/एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिसँग सम्झौता भए पनि काम नसकिएपछि गत भदौमा पहिलो पटक म्याद थप गरिएको थियो ।

    हालसम्म पुलको ६१ प्रतिशत हाराहारीमा भौतिक प्रगति भएको मुग्लिन पोखरा सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरले बताए । उनका अनुसार अब निर्माण कार्यका लागि कुनै अवरोध नभएकाले निर्माण कम्पनीले तीव्रताका साथ काम गरेर तोकिएको म्यादभित्र सम्पन्न हुनेछ ।

    सेती नदीको उत्तर साइडमा कारवासलगायत जग्गाधनी तथा व्यवसायीलाई सडकबाट एसियाली विकास बैंकको नीतिअनुसार सडक पहुँच दिनुपर्ने कारणले दुई वटा घर भत्काउनु परेको थियो । तर, जग्गाधनीको मागअनुसार यसको क्षतिपूर्ति र मुआब्जा दिनुपर्नेलगायत विषयमा सहमति नहुँदा ढिलाइ भएको बताइन्छ । पछिल्लो समय दुई जना जग्गाधनी केदार पौडेल र माधव पौडेलले समेत मुआब्जा बुझेको र असार पहिलो साताभित्रमा संरचना खाली गर्ने प्रतिबद्धता जनाएको आयोजना प्रमुख कुँवरले बताए ।

    निर्माण कम्पनीले चीनबाट सामान ल्याउन ढिलाइ भएको तथा खानेपानी पाइप स्थानान्तरणलगायत समस्या देखाउँदै ढिलाइ गरेपछि काममा विलम्ब भएको थियो । “जग्गाधनीले मुआब्जामा चित्त नबुझेको भन्दै प्रशासनले निर्धारण गरेको रकम बुझ्न मान्नुभएको थिएन, जसका कारणले समेत काममा अवरोध भयो । केही दिनअघि उहाँहरुले मुआब्जा लिनुभएको छ । अब साइडमा कुनै पनि समस्या छैन, काम रोकिने अवस्था आउँदैन,” कुँवरले भने ।

    सेती पुलको हालसम्म १२० पाइल फाउण्डेसन सकिएको, पाइल क्याप तथा चार वटा टावरको काम सकिएको छ । यसैगरी, एउटा पुलमा गर्डर र क्रस गर्डरको काम सकिएको छ ।

    Post Views: 83
    प्रकाशित मिति: २०८३ जेष्ठ २८, बिहीबार ०७:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.