• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मकवानपुरमा फाष्टट्रयाकको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २८, बिहीबार १०:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका-८ बैदमारस्थित तराई-मधेश फाष्टट्रयाकको पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    बुधबार राति साढे १० बजे माण्डु हाइड्रोपावरतर्फबाट इपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३च२१४४ नम्बरको योद्धा पिकअप (फास्ट ट्रयाकको गाडी)सडकबाट करिब १०० फिट तल खोलामा खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमान बस्ने करिब ४२ वर्षीय बोधराज बुढाथोकी र बाराको पचरौता नगरपालिका-७ निवासी २१ वर्षीय सूर्य यादव गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    बुढाथोकी नेपाली सेनाका पूर्वहवल्दार तथा चालक रहेको र यादव फास्टट्रयाक आयोजनामा इन्जिनियरका रूपमा कार्यरत थिए ।

    दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी तथा नेपाली सेनाको काठमाडौँ–तराई द्रुतमार्ग सिस्नेरी बेस क्याम्पबाट संयुक्त उद्धार टोली घटनास्थलमा खटिएको थियो ।

    टोलीले गाडीमा सवार दुई जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाएको थियो । बुधबार राति दुर्घटना भए पनि उनीहरूलाई आज बिहान मात्रै हेटौँडा अस्पताल ल्याइएको थियो ।

    अस्पताल ल्याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Post Views: 74
    प्रकाशित मिति: २०८३ जेष्ठ २८, बिहीबार १०:२७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.