• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

‘मल अभाव हुन नदिन सरकार तत्पर छ’ : मन्त्री चौधरी

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २८, बिहीबार १७:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कूल ६ लाख मेट्रिकटनको हाराहारीमा कृषकलाई अनुदानमा मल उपलब्ध गराइने बताएकी छन् ।

    राष्ट्रिय सभाको आजको बैठकमा ‘कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित प्रश्न उत्तर’ कार्यक्रममा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले सरकारले लागत सहभागिताको आधारमा कृषकलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको र चालु आवमा हालसम्म पाँच लाख ५८ हजार ५२२ मेट्रिकटन मल आपूर्ति भइसकेको जानकारी दिइन् ।

    मन्त्री चौधरीले चार लाख ६८ हजार १६ मेट्रिकटन मल किसानलाई बिक्री/वितरण गरिसकिएको बताइन् । हाल एक लाख ६८ हजार ८०२ मेट्रिकटन मल मौज्दात रहेको उनले बताइन् ।

    मन्त्री चौधरीले भनिन्, “धान रोपाइँको याममा मल अभाव नहोस् भनेर मन्त्रालयले विभिन्न प्रयास तथा तयारी गरिरहेको छ, यस क्रममा मल आपूर्तिको सम्झौता गरिसकेका आपूर्तिकर्तालाई समयमा नै मल आपूर्ति गर्नका लागि ताकेता गरेका छौँ ।”

    असार अन्तिमदेखि साउन महिनासम्ममा ९० हजार मेट्रिकटन मल नेपाल भित्रिने अपेक्षा गरेको मन्त्री चौधरीको भनाइ थियो ।

    मित्र राष्ट्र भारतसँग जिटुजी खरिद माध्यमबाट ८० हजार मेट्रिकटन मल खरिद गर्न मन्त्रिपरिषद् बैठकबाट सैद्धान्तिक स्वीकृति प्राप्त गरी पहिलो चरणमा ३० हजार मेट्रिकटन युरिया र २० हजार मेट्रिकटन डिएपी खरिद प्रक्रिया सुरु गरिएको उनले जानकारी दिइन्। उक्त परिमाणको मल साउन महिनादेखि नेपाल भित्रिने उनले सभालाई जानकारी दिइन् ।

    मलको सन्तुलित प्रयोग र प्राङ्गारिक तथा जैविक मलको प्रयोगलाई जोड दिन जानकारी मूलक सूचना सन्देश देशभरि प्रवाह गरिएको मन्त्री चौधरीको भनाइ थियो । सबै किसानले बिना भेदभाव र सजिलै मल पाउने सुनिश्चित गर्न एवं अनुदानको मलमा हुन सक्ने अपचलन रोक्न, मल वितरण कार्य सहज पारदर्शी र व्यवस्थित बनाउन अनुदानको मल वितरण कार्य व्यवस्थापन निर्देशिका २०८२ को प्रभावकारी कार्यान्वयन गर्न प्रदेश र स्थानीय तह र देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिएको उनले सदनलाई जानकारी गराइन् ।

    Post Views: 95
    प्रकाशित मिति: २०८३ जेष्ठ २८, बिहीबार १७:०१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.