• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

विश्वकपका खेल सार्वजनिक रूपमा देखाउन प्रशासनको अनुमति अनिवार्य

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २८, बिहीबार २०:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले फिफा विश्वकप फुटबल २०२६ का खेल सार्वजनिक रूपमा प्रत्यक्ष प्रसारण वा प्रदर्शन गर्न चाहने संघसंस्था तथा कम्पनीलाई पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था लागू गरेको छ।

    कार्यालयले बिहीबार जारी गरेको सूचनामा काठमाडौं जिल्लाभित्र सामूहिक रूपमा विश्वकपका खेल प्रत्यक्ष प्रसारण गर्न वा ठूलो पर्दामा प्रदर्शन गर्न चाहने कुनै पनि संघसंस्था वा कम्पनीले जिल्ला प्रशासन कार्यालयबाट पूर्वस्वीकृति लिनुपर्ने उल्लेख गरेको छ।

    सूचनाअनुसार स्वीकृतिविना रातिको समयमा ठूलो पर्दामा खेल प्रदर्शन गरी भीडभाड जम्मा गर्ने, समुदायमा असर पर्ने वा शान्ति–सुरक्षामा प्रतिकूल प्रभाव पार्न सक्ने गतिविधि गर्न नपाइने जनाइएको छ। यस्ता गतिविधिले सार्वजनिक व्यवस्था तथा सुरक्षा व्यवस्थापनमा चुनौती सिर्जना गर्न सक्ने भएकाले नियमनको व्यवस्था गरिएको कार्यालयले जनाएको छ।

    प्रत्यक्ष प्रसारणका लागि स्वीकृति प्राप्त गर्न आवश्यक निवेदन ढाँचा जिल्ला प्रशासन कार्यालय काठमाडौँको वेबसाइटमार्फत उपलब्ध रहेको सूचनामा उल्लेख छ। प्राप्त निवेदनका आधारमा कार्यक्रम सञ्चालन हुने स्थान, सम्भावित भीड व्यवस्थापन, सुरक्षा संवेदनशीलता तथा अन्य आवश्यक पक्षको मूल्याङ्कन गरी अनुमति प्रदान गरिने जनाइएको छ।

    कार्यालयले स्वीकृतिविना फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण वा सार्वजनिक प्रदर्शनका नाममा भिडभाड गर्ने, अवाञ्छित गतिविधि सञ्चालन गर्ने वा कानुन विपरीत कार्य गरेको जानकारी प्राप्त भएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

    विश्वकप फुटबल प्रतियोगिताका खेलहरू सार्वजनिक स्थल, होटेल, रेस्टुरेन्ट, क्लब तथा अन्य व्यावसायिक स्थानमा सामूहिक रूपमा प्रदर्शन गर्ने प्रवृत्ति बढ्दै गएको सन्दर्भमा प्रशासनले शान्ति-सुरक्षा, भीड व्यवस्थापन तथा सार्वजनिक उत्तरदायित्वलाई ध्यानमा राखेर यो व्यवस्था लागू गरेको हो।

    Post Views: 91
    प्रकाशित मिति: २०८३ जेष्ठ २८, बिहीबार २०:५२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.