• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ ३१, आईतवार ०८:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित खेलमा पाँच पटकको च्याम्पियन ब्राजिल अफ्रिकन पावरहाउस मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकिएको छ।

    न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका हुन्। खेलको पहिलो हाफ रोचक भए पनि दोस्रो हाफमा भने खेल केही सुस्त देखिएको थियो।

    खेलको २१ औँ मिनेटमा इस्माइल साइबारीले उत्कृष्ट गोल गर्दै मोरक्कोलाई सुरुवाती अग्रता दिलाएका थिए। ब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै पीएसभी आइन्डोभेनका फरवार्ड साइबारीले ब्राजिलका गोलकिपर एलिसन बेकरमाथि चलाखीपूर्ण ‘स्कुप’ सट प्रहार गर्दै टोलीलाई अगाडि बढाएका थिए। तर, मोरक्कोको त्यो अग्रता धेरै समय टिक्न पाएन।

    खेलको ३२ औँ मिनेटमा ब्राजिलका स्टार विनेसियस जुनियरले ब्रुनो गुइमारेसको पासमा उत्कृष्ट गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

    सन् २००२ पछि पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिएको ब्राजिलका लागि नयाँ प्रशिक्षक कार्लो अन्सेलोटीको यो पहिलो ठुलो परीक्षा थियो।

    ब्राजिलको इतिहासमै पहिलो विदेशी प्रशिक्षकका रूपमा टोली सम्हालेका इटालियन रणनीतिकार अन्सेलोटीका लागि दक्षिण अमेरिकी छनोटको पाँचौँ स्थानको प्रदर्शनपछि विश्वकपको यो सुरुवातले थप चुनौती थपिदिएको छ। घाइते भएका कारण स्टार स्ट्राइकर नेयमार बिना नै मैदान उत्रिएको ब्राजिलको खेल हेर्न रङ्गशालामा पूर्व खेलाडीहरू रोनाल्डो, रोबर्टो कार्लोस र काका उपस्थित थिए।

    सन् २०२२ को विश्वकप सेमिफाइनलिस्ट मोरक्कोले खेलको सुरुदेखि नै ब्राजिललाई दबाबमा राखेको थियो। दोस्रो हाफमा ब्राजिलका लुकास पाक्वेटा, राफिन्हा र डानिलोका प्रहारहरू मोरक्कोका गोलकिपर यासिन बोनोले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए। खेलको अन्तिम समयमा मोरक्कोले जितको अवसर पाए पनि एलिसन बेकरले उत्कृष्ट बचाउ गर्दै ब्राजिलको संकट टारेका थिए।

    यस बराबरीसँगै दुवै टोलीले समान १–१ अङ्क बाँडेका छन्। समूह ‘सी’ अन्तर्गत अब ब्राजिलले कमजोर मानिएको हाइटीसँग खेल्नेछ भने मोरक्कोले स्कटल्यान्डको सामना गर्नेछ।

    Post Views: 48
    प्रकाशित मिति: २०८३ जेष्ठ ३१, आईतवार ०८:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.