• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

एमालेमा चर्कियो अन्तरसंघर्ष, पौडेल र पोखरेलले पार्टी विभाजन गराउन खोजेको ओलीको आरोप

  •  नेपाल चौतारी
  • २०८३ असार १, सोमबार ०७:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    जेनजी आन्दोलन यता छवि खस्किएको नेकपा एमाले थप संकटमा देखिएको छ । पार्टी पुर्नगठन र नेतृत्व परिवर्तनको एजेण्डामा मुख्य पदाधिकारीहरु नै जोडतोडले लागेपछि एमालेभित्र औपचारिक विग्रहको जोखिम बढेको हो ।

    अध्यक्ष केपी शर्मा ओलीलाई पद त्यागेर मार्गप्रशस्त गर्न गरेको आग्रहमा ओली टसमस नभएपछि उपाध्यक्ष विष्णु पौडे, महासििचव शंकर पोखरेलसहितका अधिकांश पदाधिकारीहरु पार्टीलाई नयाँ शिराबाट अघि बढाउने तयारी गरेका हुन् । यसको संकेतका रुपमा शनिवार अध्यक्ष ओलीले निकटका कार्यकर्ताहरुलाई उपाध्यक्ष र महासचिव नै पार्टी विभाजन गराउन लागेको भन्दै सचेत गराएको घटनालाई लिईएको छ । विगतमा आफूसँगै उभिएका पौडेल र पोखरेल पुनर्गठनको पक्षमा लागेपछि ओलीको आक्रोश बढेको  बताईएको छ ।

    पुर्नगठनका पक्ष र विपक्षमा पदाधिकारीहरुसमेत स्पष्ट कित्तामा उभिएका छन् । उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव महेश बस्नेत, नेतृ रामकुमारी झाँक्रीले भने अहिले नै अध्यक्ष ओलीको विकल्प खोज्न नहुने बताईरहँदा अन्य अधिकांश पदाधिकारी नयाँ नेतृत्वको लबिङमा उत्रिएका छन् ।

    नेतृत्व पुनर्गठनका लागि उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, रघु पन्त, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराईलगायत नेताहरूले औपचारीक छलफल नै सुरू गरेको चर्चा छ । उपाध्यक्ष पौडेलले त सामाजिक सञ्जालमै आम निर्वाचन– २०८२ को वस्तुनिष्ठ समीक्षा गर्न र नेकपा (एमाले)को गुमेको जनमत र प्रतिष्ठा पुनस्थापित हुनेगरी पार्टी पुनर्गठनको अभिभारा पूरा गर्न सक्षम हुनेछौं भन्दै ओलीको आरोपलाई पुष्टि गरेका छन् । जसले गर्दा विगत केहीदिनयता एमालेमा अन्तरसंघर्ष चरम उत्कर्षमा पुगेको राजनीतिक वृत्तमा चर्चा बढेको छ ।

    एमालेको गतवर्ष सम्पन्न महाधिवेशनमा सुरेन्द्र पाण्डेलाई पराजित गर्दै प्यानलसहित अध्यक्षमा ओली निर्वाचित भएका थिए । तर निर्वाचनमा शर्मनाक हार व्यहोरेपछि आफ्नै समूहका नेताहरुबाट ओलीको व्यापक आलोचना हुँदै आएको छ । त्यसो त केही महिना अघि युवा एवं विद्यार्थी नेताहरुले पार्टीमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान पनि चलाएका थिए ।

    Post Views: 57
    प्रकाशित मिति: २०८३ असार १, सोमबार ०७:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.