• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अमेरिका-इरान शान्ति सम्झौताको १४ बुँदे मस्यौदा सार्वजनिक

  •  नेपाल चौतारी
  • २०८३ असार १, सोमबार ०८:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – अमेरिका र इरानबीच तय भएको ‘शान्ति सम्झौता’ को १४ बुँदे समझदारी पत्रको मस्यौदा विवरण बाहिरिएको छ । इरानको अर्ध-सरकारी सञ्चारमाध्यम ‘मेहर न्युज एजेन्सी’ ले दुई देशबीच हुन लागेको सम्झौताका मुख्य बुँदा सार्वजनिक गरेको हो । यद्यपि, यी बुँदाहरूका बारेमा दुवै देशले आधिकारिक रूपमा पुष्टि गरिसकेका छैनन् ।

    सार्वजनिक मस्यौदा अनुसार अमेरिका र इरानबीच लेबनानसहित सबै मोर्चामा स्थायी युद्धविराम लागू हुनेछ । सम्झौतामा अमेरिकाले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र इरानमा रहेका आफ्ना सेना फिर्ता लैजाने प्रतिबद्धता जनाएको उल्लेख छ ।

    मस्यौदाका मुख्य बुँदा:

    स्थायी युद्धविराम: लेबनानसहित सबै सैन्य मोर्चाहरूमा स्थायी रूपमा युद्ध अन्त्य गरिने ।

    नौसैनिक नाकाबन्दीको अन्त्य: अमेरिकाले ३० दिनभित्र इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने ।

    हर्मुजलाई इरानी व्यवस्थापन अन्तर्गत पुनः सञ्चालनमा ल्याइने ।

    पुनर्निर्माण प्याकेज: अमेरिका र उसका सहयोगी राष्ट्रले युद्धग्रस्त इरानको पुनर्निर्माणका लागि कम्तीमा ३०० अर्ब अमेरिकी डलर बराबरको योजना उपलब्ध गराउनुपर्ने ।

    प्रतिबन्ध फुकुवा: इरानी तेल र ऊर्जा उत्पादनमा लगाइएका सबै प्रतिबन्ध हटाइने तथा अमेरिकाले यस क्षेत्रमा आफ्नो सैन्य शक्ति नबढाउने र नयाँ प्रतिबन्धहरू नलगाउने ।

    आणविक हतियारमा रोक: इरानले आफू आणविक हतियार निर्माण नगर्ने पुरानै प्रतिबद्धतामा अडिग रहने स्पष्ट पारेको छ ।

    इरानको सर्त र राष्ट्रसङ्घको भूमिका

    बिबिसीले मेहर न्युज एजेन्सीलाई उद्धृत गर्दै लेखेको खबर अनुसार इरानले अन्तिम चरणको वार्ताका लागि केही पूर्वसर्त अघि सारेको छ । जसमा अमेरिकाद्वारा जफत गरिएको इरानको कुल रकमको आधा हिस्सा फुकुवा हुनुपर्ने, तेलमाथिको प्रतिबन्ध स्थगित हुनुपर्ने र नौसैनिक नाकाबन्दी पूर्ण रूपमा हट्नुपर्ने माग गरिएको छ । यी सर्त पूरा नभएसम्म अन्तिम वार्ता सुरु नहुने इरानको अडान छ ।

    दुवै देशबीच हुने यो अन्तिम शान्ति सम्झौतालाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को प्रस्तावमार्फत अनुमोदन गरिने मस्यौदामा उल्लेख छ ।

    Post Views: 50
    प्रकाशित मिति: २०८३ असार १, सोमबार ०८:०२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.