• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट

  •  नेपाल चौतारी
  • २०८३ असार १, सोमबार ०८:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौता भएको खबर सार्वजनिक भएसँगै एसियाली बजारको प्रारम्भिक कारोबारमै कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ । दुई देशबीच मध्यस्थता गरिरहेको पाकिस्तानले सम्झौताको घोषणा गरेलगत्तै तेलको मूल्य ओरालो लागेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य मापन गर्ने प्रमुख सूचक ‘ब्रेन्ट क्रुड’ ३.८ प्रतिशतले घटेर प्रतिब्यारेल ८४.०२ अमेरिकी डलरमा झरेको छ । यस्तै, अमेरिकी बजारमा कारोबार हुने तेलको मूल्य पनि ४.१ प्रतिशतले ओरालो लाग्दै प्रतिब्यारेल ८१.४० डलर कायम भएको छ ।

    पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफका अनुसार जुन १९ मा स्विट्जरल्यान्डमा यो सम्झौताको औपचारिक हस्ताक्षर समारोह हुनेछ । सम्झौताको पुष्टि गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा अब ‘तेलको प्रवाह सुचारु हुने’ उल्लेख गरेका छन् । ट्रम्पका अनुसार यो सम्झौतापछि विश्वकै रणनीतिक महत्त्वको व्यापारिक जलमार्ग ‘हर्मुज पुनः खुला हुनेछ ।

    गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि यो जलमार्ग पूर्ण रूपमा बन्द थियो । विश्वको कुल कच्चा तेल र तरल प्राकृतिक ग्यासको करिब २० प्रतिशत आपूर्ति यही मार्ग भएर हुने गर्दछ । इरानले सो क्षेत्रबाट आवतजावत गर्ने मालवाहक जहाजमाथि आक्रमण गर्ने धम्की दिएपछि विश्वव्यापी इन्धन आपूर्ति ठप्प भएको थियो ।

    अमेरिका–इरान द्वन्द्वका कारण विगत केही महिनादेखि विश्व ऊर्जा बजारमा तीव्र उतारचढाव आइरहेको थियो । युद्ध सुरु हुनुअघि प्रतिब्यारेल ७० डलरको आसपासमा रहेको ब्रेन्ट क्रुडको मूल्य युद्धको चरम अवस्थामा प्रतिब्यारेल १२० डलरसम्म पुगेको थियो । अहिले सम्झौताको खबरले विश्व बजारलाई केही राहत दिएको छ ।

    Post Views: 42
    प्रकाशित मिति: २०८३ असार १, सोमबार ०८:०९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.