• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कामपाले विद्यालय र सामुदायिक अध्ययन केन्द्रमा स्वास्थ्य सेवा तथा पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने

  •  नेपाल चौतारी
  • २०८३ असार १, सोमबार १६:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालय र सामुदायिक अध्ययन केन्द्र लगायतका स्थानमा स्वास्थ्यकर्मीसहितको प्राथमिक स्वास्थ्य सेवा तथा पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा लागू गर्ने उद्देश्यअनुरूप सो कार्यक्रम लागू हुन लागेको हो ।

    पहिलो चरणमा दिवा शिशु स्याहार केन्द्र स्थापना तथा सञ्चालन गर्ने र विद्यालय शिक्षालाई अनुसन्धानमूलक बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने उल्लेख छ ।

    विद्यार्थीको सृजनशील सिकाइ र सीप विकासका लागि विद्यालयमा सीप तथा सृजनात्मक शुक्रबार कार्यक्रम सञ्चालन गरी पाठ्यक्रममा आधारित खेलकुद लगायत अतिरिक्त शैक्षिक क्रियाकलाप सञ्चालन गरिने कार्यक्रममा जनाइएको छ ।

    महानगरले सबैका लागि शिक्षा तथा समावेशी शिक्षाको सुनिश्चित गर्न अटिजम, डाउन सिन्ड्रोमलगायत अपाङ्गता भएका तथा जोखिममा रहेका बालबालिकाका लागि विशेष विद्यालय, ज्येष्ठ नागरिक तथा गृहिणी विद्यालय र वैकल्पिक विद्यालय स्थापना, सञ्चालन र व्यवस्थापन गरी अन्तर पुस्ता क्रियाकलापलाई प्रवर्द्धन गर्ने पनि जनाएको छ ।

    यसैगरी, विद्यालयको असल अभ्यास तथा अनुभव आदानप्रदान गर्न विद्यालय–विद्यालय साझेदारी कार्यक्रम सञ्चालन गर्ने, भाषा, संस्कृति, सम्पदा, पर्यटन र प्राविधिक विषयमा विशेषज्ञ जनशक्ति उत्पादन गर्न काठमाडौँ महानगरपालिकाले स्वनिग: विश्वविद्यालय स्थापना गरी सञ्चालन गर्न नेपाल सरकारसँग समन्वय गर्ने, खेलाडीलाई ऊर्जाशील तथा व्यावसायिक बनाउन महानगरले विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहजीकरण गर्ने साथै खेल प्रतिभा पहिचान गरी सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रममा उल्लेख गरिएको छ ।

    Post Views: 59
    प्रकाशित मिति: २०८३ असार १, सोमबार १६:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.