• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

परराष्ट्र मन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

  •  नेपाल चौतारी
  • २०८३ असार २, मंगलवार ०७:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ ।

    बेइजिङमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्धका सम्पूर्ण आयामबारे व्यापक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा दुई पक्षबीच सम्पर्क सञ्जाल ‘कनेक्टिभिटी’, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका क्षेत्रलगायत विषयमा छलफल भएको थियो ।

    “हामीले जनताजनताबीचको सम्बन्ध विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान गर्‍यौँ र दुवै देशको पारस्परिक हितका लागि नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गर्‍यौँ”, भेटपछि मन्त्री खनालले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

    आजै परराष्ट्र मन्त्री खनाल र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबीच भेटवार्ता भएको थियो । उनले यसअघि ‘इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च तथा चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन भ्रमण गरेका थिए ।

    परराष्ट्र मन्त्री खनालले आइतबार उनको सम्मानमा बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए । साथै उनले नेपाली राजदूतावास परिसरमा वृक्षारोपण गरेका थिए ।

    परराष्ट्र मन्त्री खनाल चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङको निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुगेका थिए । मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

    Post Views: 57
    प्रकाशित मिति: २०८३ असार २, मंगलवार ०७:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.