• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा, व्यवसायी सिद्धार्थ थापा पनि पक्राउ

  •  नेपाल चौतारी
  • २०८३ असार २, मंगलवार १२:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। आयोगले राहदानी खरिदसम्बन्धी प्रकरणमा अनुसन्धान अघि बढाउने क्रममा अर्याललाई सोमबार(हिजो) नियन्त्रणमा लिएको प्रशासन उच्च स्रोतले जानकारी दिएको छ ।

    ती स्रोतका अनुसार अर्यालसँगै व्यवसायी सिद्धार्थ थापा पनि पक्राउ परेका छन्। थापा राष्ट्रिय सभा सदस्य सुनील थापाका छोरा हुन्।

    अख्तियार स्रोतका अनुशार राहदानी विभागसँग सम्बन्धित खरिद प्रक्रियाको छानबिनका क्रममा दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिएको छ। उनीहरूलाई सादा पोशाकमा खटिएका सुरक्षाकर्मीमार्फत नियन्त्रणमा लिइएको बताइएको छ।

    यद्यपि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा हालसम्म औपचारिक विज्ञप्ति जारी गरेको छैन। अनुसन्धानको दायरा, नियन्त्रणमा लिनुको आधार तथा उनीहरूमाथि लाग्न सक्ने अभियोगबारे पनि आयोगले सार्वजनिक रूपमा कुनै विवरण दिएको छैन।

    राहदानी विभाग पछिल्ला वर्षहरूमा विद्युतीय राहदानी (ई–पासपोर्ट) सम्बन्धी खरिद, आपूर्ति र व्यवस्थापन प्रक्रियाका कारण सार्वजनिक चासोको विषय बन्दै आएको छ। सार्वजनिक खरिदसँग सम्बन्धित विषयमा विभिन्न समयमा प्रश्न उठ्दै आएका थिए।

    आयोगले सम्बन्धित कागजात संकलन, बयान तथा अन्य प्रमाणहरूको परीक्षणमार्फत अनुसन्धानलाई अघि बढाइरहेको स्रोतहरूले बताएका छन्। अनुसन्धान जारी रहेकाले यस प्रकरणबारे थप विवरण आउन बाँकी रहेको छ।

    Post Views: 56
    प्रकाशित मिति: २०८३ असार २, मंगलवार १२:१३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.