• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

फिफा विश्वकप : इराकमाथि नर्वेको शानदार जित

  •  नेपाल चौतारी
  • २०८३ असार ३, बुधबार ०७:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । एर्लिङ हालान्डले दुई गोल गरेपछि २८ वर्षपछि पुनरागमन गरेको नर्वेले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ ।

    अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको समूह आईको खेलमा नर्वेले इराकलाई ४-१ गोलअन्तरले पराजित गर्‍यो ।

    २५ वर्षीय हालाण्डले विश्वकप डेब्यु खेलमै चम्कँदै राष्ट्रिय टोलीका लागि आफ्नो गोल संख्या ५१ खेलमा ५७ पुर्‍याए । २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेले यससँगै सुखद सुरुआत गरेको हो ।

    ४० वर्षपछि विश्वकपमा पुनरागमन गरेको इराकले खेलको सुरुआती चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नर्वेलाई कडा चुनौती दिएको थियो ।

    तर पहिलो हाफको हाइड्रेसन ब्रेकपछि ५८ सेकेन्डमै नर्वेले अग्रता लियो। बायाँ विंगबाट डेभिड मोलर वुल्फेले दिएको लो–क्रसलाई हालाण्डले स्लाइड गर्दै जाली चुमाए ।

    इराकले ३९औँ मिनेटमा खेल बराबरीमा ल्यायो । आमिर अल–अम्मारीको क्रसमा अयमेन हुसेनले शक्तिशाली हेडरमार्फत गोल गर्दै स्कोर १–१ बनाए ।

    हुसेनले मार्चमा बोलिभियाविरुद्धको अन्तरमहादेशीय प्लेअफ फाइनलमा निर्णायक गोल गर्दै इराकलाई विश्वकपमा पुर्‍याएका थिए ।

    तर इराकको खुसी धेरै बेर टिकेन । बराबरी गोलको चार मिनेटपछि गोलकिपर जलाल हसनले ब्याकपास क्लियर गर्न ढिलाइ गर्दा हालाण्डले दबाब सिर्जना गरे । उनको प्रयासपछि बल हसनलाई लागेर जालीमा पुगेपछि नर्वेले पुन: अग्रता लियो ।

    पहिलो हाफको अन्त्यतिर भने इराकले लगातार अवसर सिर्जना गर्‍यो । इब्राहिम बायेसको भली डिफ्लेक्ट हुँदै बाहिरियो भने अली अल–हमादीलाई नर्वेली डिफेन्डर क्रिस्टोफर आयरले पेनाल्टी क्षेत्रभित्र रोक्न सफल भए ।

    यस्तै अकाम हाशिमको २० यार्ड टाढाबाट प्रहार गरिएको शानदार भली बारमाथिबाट थोरैले बाहिरियो ।

    दोस्रो हाफमा इराकका वैकल्पिक खेलाडी जिदान इकबाल मैदान प्रवेश गरेसँगै पुरुष विश्वकपमा खेल्ने पाकिस्तानी मूलका पहिलो खेलाडी बने ।

    ७६औँ मिनेटमा कप्तान मार्टिन ओडेगार्डको कर्नरमा वैकल्पिक डिफेन्डर लियो ओस्टिगार्डले हेडरमार्फत गोल गर्दै नर्वेको अग्रता ३–१ बनाए ।

    इन्जुरी समयमा हालाण्डको हेडरलाई रोक्ने क्रममा हुसेनबाट आत्मघाती गोल भएपछि नर्वेले ४-१ को सहज जित सुनिश्चित गर्‍यो । यो जितसँगै नर्वेले विश्वकपमा विजयी सुरुआत गरेको छ भने इराकको पहिलो विश्वकप अंकको प्रतीक्षा अझै कायम रहेको छ ।

    Post Views: 46
    प्रकाशित मिति: २०८३ असार ३, बुधबार ०७:११
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.