• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पेले र मेस्सीलाई पछि पार्दै एमबाप्पेले रचे इतिहास

  •  नेपाल चौतारी
  • २०८३ असार ३, बुधबार ०७:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – केलियन एमबाप्पेले दुई गोल गर्दै नयाँ कीर्तिमान कायम गरेपछि साविक उपविजेता फ्रान्सले फिफा विश्वकपमा विजयी सुरुवात गरेको छ । समूह ‘आई’ अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गर्दै तेस्रो पटक विश्वकप उपाधि जित्ने आफ्नो अभियानलाई बलियो बनाएको हो ।

    खेलको पहिलो हाफमा निकै संघर्ष गरेको फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट पूनरागमन गर्‍यो । खेलको ६६ औं मिनेटमा ओलिसेको उत्कृष्ट पासलाई सदुपयोग गर्दै रियल मड्रिडका स्टार एमबाप्पेले फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि मैदान प्रवेश गरेका पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राड्ले बारकोलाले खेलको अन्तिम समयमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे ।

    इन्जुरी समयमा सेनेगलका इब्राहिम म्बायेले एक गोल फर्काउँदै खेललाई २–१ को स्थितिमा ल्याए पनि ९६ औं मिनेटमा एमबाप्पेले लामो दूरीबाट उत्कृष्ट गोल गर्दै फ्रान्सको ३–१ को जित निश्चित गरे ।

    एमबाप्पेको कीर्तिमानी यात्रा

    आफ्नो देशका लागि ९९ औं खेल खेलिरहेका २७ वर्षीय एमबाप्पेले यो खेलसँगै फ्रान्सका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा गरेका छन् । उनको अन्तर्राष्ट्रिय गोल संख्या ५८ पुगेको छ ।

    यस्तै, विश्वकपमा उनको कुल गोल संख्या १४ पुगेको छ । यस क्रममा उनले ब्राजिलियन लिजेन्ड पेले (१२ गोल), अर्जेन्टिनाका लियोनल मेस्सी (१३ गोल) र फ्रान्सकै जुस्ट फोन्टेन (१३ गोल) को कीर्तिमानलाई पछि पारेका छन् । विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका गर्ड मुलरसँग बराबरी गरेका एमबाप्पे अब ब्राजिलका रोनाल्डो (१५ गोल) र जर्मनीका मिरोस्लाभ क्लोज (१६ गोल) भन्दा मात्र पछि छन् ।

    यसअघि सन् २०१८ को विश्वकप फाइनलमा गोल गरेका र २०२२ को फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेका एमबाप्पेको विश्वकपमा उत्कृष्ट लय यो खेलमा पनि जारी रह्यो ।

    सन् २००२ को विश्वकपमा साविक विजेताको रूपमा मैदान उत्रिएको फ्रान्स पहिलो खेलमै सेनेगलसँग १–० ले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो । उपाधिको बलियो दाबेदार मानिएको फ्रान्सले अब अर्को खेलमा इराकसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा नर्वेको सामना गर्नेछ ।

    Post Views: 55
    प्रकाशित मिति: २०८३ असार ३, बुधबार ०७:२८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.