विश्वकप २०२६ को पहिलो ह्याट्रिक अजेन्टिनाका लियोनल मेस्सीले गरेका छन् । अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा समूह चरणको पहिलो खेलमा अल्जेरियाविरुद्ध मेस्सीले ह्याट्रिक गरेका हुन् ।
मेस्सीले खेलको १७औं, ६० औं र ७६ औं मिनेटमा गोल गरेका हुन् । योसँगै विश्वकपमा मेस्सीे हालसम्म १६ गोल गर्ने खेलाडीको सूचीमा अटाएका छन् ।
हालसम्म विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा मिरोस्लाभ क्लोस रहेका छन् । उनले पनि १६ गोल गरेका छन् ।
मेस्सीको ह्याट्रिक संगै अर्जेन्टिनाले खेलमा जित हात पारेको छ । अल्जेरियामाथि ३–० गोलअन्तरले विजयी भएको अर्जेन्टिनाले पहिलो खेलमा स्पष्ट तीन अंक समेत वटुलेको छ ।






