• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

विश्वकप २०२६: पहिलो खेलपछि फ्रान्स शीर्षमा, ब्राजिल नवौं स्थानमा

  •  नेपाल चौतारी
  • २०८३ असार ४, बिहीबार १४:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – फिफा विश्वकप २०२६ को समूह चरणअन्तर्गत सबै ४८ टोलीले आफ्नो पहिलो खेल पूरा गरेका छन्। बिहीबार बिहान कोलम्बियाले उज्वेकिस्तानलाई ३–१ ले पराजित गरेसँगै पहिलो चरणका २४ खेल सम्पन्न भएका हुन्।

    पहिलो खेलको प्रदर्शनका आधारमा बीबीसी स्पोर्टका विज्ञहरूले सहभागी ४८ टोलीको शक्ति, प्रदर्शन र सम्भावनालाई मूल्यांकन गर्दै नयाँ वरियता सार्वजनिक गरेका छन्। यस सूचीमा फ्रान्स शीर्ष स्थानमा रहँदा ब्राजिल अपेक्षाभन्दा तल नवौं स्थानमा परेको छ।

    फ्रान्स शीर्ष दाबेदार

    सेनेगलमाथि ३–१ को प्रभावशाली जित निकालेको फ्रान्सलाई विज्ञहरूले प्रतियोगिताको सबैभन्दा बलियो टोली मानेका छन्। टोलीको सन्तुलित प्रदर्शन, गहिरो खेलाडी समूह र दोस्रो हाफको उत्कृष्ट खेलका कारण फ्रान्स पहिलो स्थानमा परेको हो।

    इंग्ल्यान्ड दोस्रो स्थानमा छ। क्रोएसियाविरुद्ध ४–२ को जित निकाल्दा कप्तान ह्यारी केनको नेतृत्वमा टोलीले आक्रामक फुटबल प्रस्तुत गर्‍यो। यद्यपि रक्षापंक्तिमा सुधारको आवश्यकता रहेको विश्लेषण गरिएको छ।

    अर्जेन्टिना तेस्रो स्थानमा छ। अल्जेरियाविरुद्ध ३–० को सहज जितमा लिओनल मेसीको प्रभाव निर्णायक रह्यो। जर्मनी चौथो स्थानमा रहँदा उसले कुरासाओलाई ७–१ ले पराजित गर्दै सबैभन्दा ठूलो जित दर्ता गर्‍यो।

    घरेलु मैदानमा खेलिरहेको अमेरिका पाँचौं स्थानमा छ। पाराग्वेमाथि ४–१ को जितमा टोलीले सशक्त प्रदर्शन देखायो। नर्वे, कोलम्बिया, मोरक्को, ब्राजिल र स्वीडेन क्रमशः छैटौंदेखि दशौं स्थानमा परेका छन्।

    स्पेन र ब्राजिल अपेक्षाअनुसार चम्किन सकेनन्

    टर्कीलाई हराएर अस्ट्रेलियाले सकारात्मक सुरुआत गरेपछि ११औं स्थान हासिल गरेको छ। स्पेन भने केप भर्डेसँग गोलरहित बराबरीमा रोकिँदा १२औं स्थानमा सीमित रह्यो।

    ब्राजिलले मोरक्कोसँग १–१ को बराबरी खेले पनि सुरुआती प्रदर्शन कमजोर देखिएकाले शीर्ष पाँचभित्र पर्न सकेन। मोरक्कोले भने बलियो प्रदर्शन गर्दै ब्राजिलभन्दा एक स्थान माथि स्थान बनाएको छ।

    रोनाल्डोको पोर्चुगल र उरुग्वे पनि मध्यम श्रेणीमा

    डीआर कंगोसँग १–१ को बराबरी खेलेको पोर्चुगल २१औं स्थानमा छ। टोली क्रिस्टियानो रोनाल्डोमा अत्यधिक निर्भर देखिएको विज्ञहरूको निष्कर्ष छ।

    उरुग्वेले साउदी अरेबियाविरुद्ध २८ पटक प्रहार गरे पनि जित निकाल्न नसक्दा ३०औं स्थानमा परेको छ। क्रोएसिया, स्विट्जरल्यान्ड, इरान, दक्षिण कोरिया र न्युजिल्यान्ड पनि मध्यम स्तरको प्रदर्शन गर्ने टोलीमा समावेश छन्।

    पुछारमा कुरासाओ, ट्युनिसियाले प्रशिक्षक नै गुमायो

    सबैभन्दा कमजोर प्रदर्शन गर्ने टोलीहरूको सूचीमा चेक गणतन्त्र, उज्वेकिस्तान, दक्षिण अफ्रिका, कतार, पाराग्वे, ट्युनिसिया, पानामा र कुरासाओ रहेका छन्।

    जर्मनीसँग ७–१ ले पराजित भएको कुरासाओ पुछारमा रह्यो। ट्युनिसियाले स्वीडेनसँग ५–१ को हार बेहोरेपछि पहिलो खेलकै प्रदर्शनका आधारमा आफ्नो प्रशिक्षकलाई बर्खास्त गरेको बताइएको छ।

    विश्वकपको पहिलो चरणपछि बनेको यो वरियता आगामी खेलहरूमा टोलीहरूको प्रदर्शनसँगै परिवर्तन हुन सक्ने भए पनि प्रारम्भिक संकेतका रूपमा फ्रान्स, इंग्ल्यान्ड र अर्जेन्टिना उपाधिका प्रमुख दाबेदारका रूपमा देखिएका छन्।

    Post Views: 57
    प्रकाशित मिति: २०८३ असार ४, बिहीबार १४:१५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.