• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने

  •  नेपाल चौतारी
  • २०८३ असार ६, शनिबार २०:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी २०८३ साल मंसिर २६, २७ र २८ गते काठमाडौँमा हुने भएको छ।

    असार ५ र ६ गते काठमाडौँमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

    महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ। यस समितिमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरू, पदाधिकारी, केन्द्रीय समितिका सदस्यहरू, सल्लाहकार समितिका अध्यक्ष तथा सदस्यहरू रहनेछन्।

    त्यस्तै विभिन्न केन्द्रीय विभागका प्रमुखहरू, प्रदेश अध्यक्षहरू, सबै जिल्ला अध्यक्षहरू, प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरू तथा सबै भातृ संगठनका अध्यक्षहरू पनि समितिको सदस्य रहनेछन्। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आवश्यकता अनुसार अन्य विभिन्न उपसमितिहरू पनि गठन गर्नेछ।

    पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आवश्यकताअनुसार विभिन्न उपसमितिहरू गठन गरिने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार​​​ आगामी भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने, असोज १५ देखि २४ गतेसम्म सातवटै प्रदेशको प्रदेश अधिवेशन सम्पन्न गर्ने तय भएको छ ।

    आगामी कात्तिक ११ गतेदेखि कात्तिक ३० गतेसम्म सबै जिल्लाका प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिहरूले पार्टीको विधान बमोजिम सक्रिय सदस्यहरूमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनौट गर्नुपर्नेछ। यसरी छानिएका प्रतिनिधिको विवरण मंसिर ७ गतेभित्र केन्द्रीय निर्वाचन समिति र पार्टी केन्द्रीय सचिवालयमा पठाइसक्नुपर्नेछ। प्रदेशसभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन गर्दा युवाहरूको प्रतिनिधित्व अनिवार्य रूपमा सुनिश्चित गरिनुपर्ने व्यवस्थासमेत राप्रपाले गरेको छ।

    Post Views: 54
    प्रकाशित मिति: २०८३ असार ६, शनिबार २०:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.