• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रास्वपाको विधान संशोधन: केन्द्रीय समिति १५१ सदस्यीय बनाइँदै, उपसभापतिमा महिला अनिवार्य

  •  नेपाल चौतारी
  • २०८३ असार ८, सोमबार ०७:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सांगठनिक ढाँचालाई भुइँतहसम्म बलियो बनाउन र पार्टीभित्र सबै वर्गको प्रतिनिधित्व सुनिश्चित गर्न पहिलो राष्ट्रिय महाधिवेशन अगाडि नै विधानमा व्यापक हेरफेर गरेको छ।

    भरतपुरमा सम्पन्न केन्द्रीय समितिको बैठकले पारित गरेको नयाँ संशोधित व्यवस्था अनुसार अब बन्ने नयाँ कार्यसमितिमा लैंगिक र क्षेत्रीय समावेशितालाई मुख्य प्राथमिकता दिइएको छ।

    विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार नयाँ व्यवस्थाले पार्टीका हरेक तहमा महिला र उत्पीडित समुदायको सहभागितालाई अनिवार्य बनाएको छ, जसअन्तर्गत अब बन्ने कार्यसमितिमा उपसभापति पदमा कम्तीमा एक जना महिलाको उपस्थिति हुनुपर्ने बाध्यात्मक नियम लागू गरिएको छ।

    नयाँ संरचना अनुसार रास्वपाको केन्द्रीय समिति अब कुल १५१ सदस्यीय हुनेछ, जसमा एक जना सभापति र ९९ जना सदस्यहरू प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट चुनिएर आउनेछन्।

    बाँकी ५१ जना सदस्यहरू भने पार्टीभित्र सबै क्षेत्र र समुदायको समावेशी सन्तुलन मिलाउने गरी सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ। निर्वाचित हुने पदाधिकारीहरूमा एक सभापति, एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री तथा एक महिलासहित पाँच सहमहामन्त्री रहनेछन्।

    यसबाहेक एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता मनोनयन गरिनेछ भने सातै प्रदेशका पार्टी सभापतिहरू केन्द्रीय समितिमा स्वतः पदेन सदस्यका रूपमा रहनेछन्।

    यसअघि कोषाध्यक्ष र प्रवक्ता मात्र सभापतिले मनोनित गर्ने अभ्यास रहेकामा अब दलभित्रको आन्तरिक समायोजन र सन्तुलनका लागि एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्रीसमेत सभापतिले नै मनोनित गर्न पाउने गरी नेतृत्वको अधिकार क्षेत्र फराकिलो बनाइएको छ।

    प्रादेशिक सन्तुलन र विविधतालाई सम्बोधन गर्न प्रत्यक्ष निर्वाचित हुने ९९ सदस्यमध्ये प्रत्येक प्रदेशबाट पाँच जनाका दरले कुल ३५ जना केन्द्रीय सदस्य प्रतिनिधित्व हुने व्यवस्था मिलाइएको छ। यसरी प्रदेशबाट आउने सदस्यहरूमध्ये प्रत्येक प्रदेशबाट कम्तीमा दुई जना महिलाको उपस्थिति अनिवार्य गरिएको छ।

    प्रादेशिक जनसांख्यिक बनोटका आधारमा गण्डकी र कोशी प्रदेशबाट एक-एक जना जनजाति, सुदूरपश्चिम र कोशी प्रदेशबाट एक-एक जना दलित, लुम्बिनी प्रदेशबाट एक जना थारू र मधेस प्रदेशबाट एक जना मधेसी दलितको प्रतिनिधित्व केन्द्रीय समितिमा अनिवार्य हुनुपर्ने गरी समावेशिताको बलियो जग खडा गरिएको छ।

    साथै, दलभित्र विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वका लागि वरिष्ठ नेताको पद स्वतः केन्द्रीय समितिमा सुरक्षित रहने व्यवस्था गरिएको छ।

    चितवनको गेष्टहाउस चौरमा भव्य समारोहबीच आइतबार सुरु भएको यस ऐतिहासिक महाधिवेशनको बन्दसत्र आज चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको छ।

    नयाँ नीति, विचार र सांगठनिक कार्यदिशा तय गर्ने यस बन्दसत्र सकिएलगत्तै भोलिपल्टबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचनको औपचारिक प्रक्रिया अगाडि बढ्नेछ। यस महाधिवेशनलाई नेपालको राजनीतिक वृत्तमा रास्वपाको भविष्यको वैचारिक र सांगठनिक दिशा तय गर्ने प्रस्थानविन्दुका रूपमा निकै चासोका साथ हेरिएको छ।

    Post Views: 42
    प्रकाशित मिति: २०८३ असार ८, सोमबार ०७:४२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.