• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

तनहुँमा १७ हजार नौ सय ४८ प्रतिष्ठानको गणना

  •  नेपाल चौतारी
  • २०८३ असार ८, सोमबार ०७:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दमौली(तनहुँ) । तनहुँमा १७ हजार नौ सय ४८ प्रतिष्ठानको गणना गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालय तनहुँले वैशाख २ गतेदेखि असार ७ गतेसम्म १७ हजार नौ सय ४८ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न गरेको हो ।

    आर्थिक गणना कार्यालयका प्रमुख ऋषिराम सिग्देलले १७ हजार आठ सय ७५ प्रतिष्ठानको कागजी प्रश्नावलीमार्फत र ७३ प्रतिष्ठानको इ–सेन्ससमार्फत गणना गरिएको जानकारी दिए ।

    तनहुँ जिल्लामा २०७५ सालमा गरिएको आर्थिक गणनामा १२ हजार चार सय ३३ प्रतिष्ठानको गणना गरिएको थियो । हालको गणना कार्यका लागि १७ हजार तीन सय ६६ लक्ष्य राखिएकामा लक्ष्यभन्दा बढी प्रतिष्ठानको गणना गरिएको सिग्देलले बताए।

    उनले भने, “लक्ष्यभन्दा १०३ प्रतिशत बढीले गणना कार्य सम्पन्न भएको छ । गणना सङ्ख्या अझै बढ्नेछ र असार मसान्तसम्ममा प्रतिष्ठानको अन्तिम सङ्ख्या प्राप्त हुनेछ ।”

    आर्थिक गणनामा गणनाको दायराभित्र पर्ने सन्दर्भ अवधि (आर्थिक वर्ष २०८१/८२) मा आर्थिक क्रियाकलाप सञ्चालन गरेका सबै प्रतिष्ठानहरूको तथ्यांक संकलन गरिएको छ । सिग्देलले यो पूर्ण गणना भएको हुनाले कुन पनि प्रतिष्ठान छुट्नु हुँदैन र प्रतिष्ठान नछुटुन् भन्ने अभिप्रायले कार्यालयले जिल्लास्थित विभिन्न सरकारी निकाय तथा निजी क्षेत्रका विभिन्न संघसंथासँग समन्वय तथा सहकार्य गरिएको सिग्देलले बताए ।

    गणना कार्य समन्वय गर्न जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला आर्थिक गणना समन्वय समिति गठन भएको छ भने पालिकास्तरमा स्थानीय तह प्रमुखको संयोजकत्वमा समन्वय समितिहरू गठन भएका छन् । त्यसैगरी वडास्तरमा वडाध्यक्षको संयोजकत्वमा आर्थिक गणना वडा सहजीकरण समिति क्रियाशील रहेको छ ।

    गणनामा कुनै पनि प्रतिष्ठान छुटे नछुटेको अनुगमन गर्नका लागि आइतबार नै तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा जिल्ला आर्थिक गणना अधिकारीसमेतको समूहले जिल्लाका म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाको अनुगमन निरीक्षण गरेको छ । सो अवसरमा होटल व्यवसायी संघ तनहुँका अध्यक्ष गिरीबहादुर थापा, शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठ, स्थानीय उद्योग व्यवसायी तथा फिल्डमा खटिएका गणक तथा सुपरिवेक्षकसँग भेटघाट तथा अन्तरक्रिया गरिएको थियो ।

    अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारीले गणना कार्यको प्रगति तथा समस्याका बारेमा जानकारी लिएका थिए भने सो अवसरमा प्रमुख जिल्ला अधिकारीबाट शुक्लागण्डकीस्थित कृषि उपज संकलन बिक्री केन्द्रको अनुगमन गरेका थिए ।

    Post Views: 30
    प्रकाशित मिति: २०८३ असार ८, सोमबार ०७:५९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.