• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

तराईमा तातो लहर कायमै

  •  नेपाल चौतारी
  • २०८३ असार ९, मंगलवार १२:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन प्रवेश भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहने जनाएको छ ।

    लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईका एक/दुई स्थानमा तातोलहर (हिटवेभ)को जोखिम कायमै रहेको विभागले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमापनि तातोलहर चल्न सक्ने सम्भावना औँल्याइएको छ ।

    मौसम पूर्वानुमान अनुसार धनगढी र नेपालगन्जमा आज तातो हावाको लहर (हिटवेभ) चल्ने सम्भावना र धनगढीमा अधिकतम् तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस तथा नेपालगन्जमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

    वीरेन्द्रनगर, घोराही र भैरहवालगायतका तराई क्षेत्रमा ‘तातो दिन’ को अवस्था रहने, तथा पोखरा, काठमाडौँ, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङलगायत क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    पोखरा, ओखलढुङ्गा, धनकुटा, विराटनगर र ताप्लेजुङमा वर्षाको सम्भावना ४० प्रतिशतसम्म रहेको विभागले पूर्वानुमान गरेको छ ।

    काठमाडौँ उपत्यकामा आज दिउँसो मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना ४० प्रतिशत रहेको छ भने राति हल्का वर्षाको सम्भावना ३० प्रतिशत रहेको विभागले जनाएको छ । उपत्यकाको अधिकतम् तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।

    विभागका मौसमविद् सञ्जीव अधिकारीले आज देशका अधिकांश प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिए। उनले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको बताए।

    विभागले जारी गरेको प्रादेशिक मौसम पूर्वानुमानअनुसार कोशी प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । त्यसैगरी,बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि वर्षाको गतिविधि सक्रिय रहने अनुमान गरिएको छ ।

    मधेस प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने जनाइएको छ । बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा भने वर्षासँगै तातो दिनको अवस्था रहने सम्भावना छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ भने रातिको समयमा अधिकांश तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

    विभागले मेघगर्जन, चट्याङ तथा तातो लहरबाट प्रभावित हुनसक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    Post Views: 37
    प्रकाशित मिति: २०८३ असार ९, मंगलवार १२:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.