• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो

  •  नेपाल चौतारी
  • २०८३ असार १०, बुधबार १९:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जनकपुरधाम । मधेस प्रदेशमा आँप खेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि उत्पादन घटेको छ ।

    यस वर्ष हावाहुरी र रोग–कीराको प्रकोपका कारण यस वर्ष उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताए । किसानले उन्नत जातका बिरुवा प्रयोग गर्न थालेको, बगैँचा व्यवस्थापन तथा सिँचाइ प्रणालीमा सुधार आएको भए पनि उत्पादनमा हावाहुरीले क्षति पुर्‍याएपछि किसान भने चिन्तित छन् ।

    कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभर ३२ हजार ५७४ हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ । उक्त क्षेत्रफलबाट प्रतिहेक्टर औसत नौ दशमलव चार मेट्रिक टन उत्पादकत्वका दरले दुई लाख ९४ हजार ५६७ मेट्रिक टन आँप उत्पादन भएको बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिए ।

    अघिल्लो आव २०८१/८२ मा २९ हजार ८८० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११ दशमलव ४३ मेट्रिक टन उत्पादकत्वका दरले तीन लाख ४१ हजार ४४५ मेट्रिक टन आँप उत्पादन भएको थियो ।

    तुलनात्मक रूपमा चालु वर्ष आँप खेतीको क्षेत्रफल दुई हजार ६९४ हेक्टरले बढे पनि उत्पादन ४६ हजार ८७८ मेट्रिक टनले घटेको देखिएको छ ।निर्देशनालयका अनुसार यस वर्ष सबैभन्दा बढी उत्पादकत्व बारामा प्रतिहेक्टर १३ दशमलव ८० मेट्रिक टन र सबैभन्दा कम सर्लाहीमा प्रतिहेक्टर ६ दशमलव २० मेट्रिक टन रहेको छ ।

    जिल्लागत रूपमा सप्तरीमा आठ हजार ३८७ हेक्टर क्षेत्रफलबाट ७५ हजार ५०० मेट्रिक टन, सिरहामा नौ हजार ५० हेक्टरबाट ७२ हजार ४०० मेट्रिक टन तथा रौतहटमा चार हजार ७७० हेक्टर क्षेत्रफलबाट ५४ हजार ३७८ मेट्रिक टन आँप उत्पादन भएको छ ।

    त्यसैगरी, सर्लाहीमा दुई हजार १०० हेक्टरबाट १३ हजार २० मेट्रिक टन, महोत्तरीमा तीन हजार हेक्टरबाट २९ हजार ७०० मेट्रिक टन, धनुषामा तीन हजार ३२५ हेक्टरबाट २३ हजार २७५ मेट्रिक टन, बारामा एक हजार ४९५ हेक्टरबाट २० हजार ६३१ मेट्रिक टन तथा पर्सामा ४४७ हेक्टर क्षेत्रफलबाट पाँच हजार ९६३ मेट्रिक टन आँप उत्पादन भएको तथ्याङ्क छ ।

    मधेस प्रदेशमा मालदह, दशहरी, बम्बई, कलकतिया र आम्रपालीलगायत जातका आँप उत्पादन हुन्छ । यहाँ उत्पादन भएका आँप प्रदेशभित्रका जिल्लाको साथै काठमाडौँ उपत्यका र देशका अन्य प्रमुख बजारमा निर्यात हुँदै आएको छ । उनका अनुसार उत्पादन घटे पनि दीर्घकालीन रूपमा आँप खेतीको व्यवसायीकरण र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

    Post Views: 47
    प्रकाशित मिति: २०८३ असार १०, बुधबार १९:२२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.