• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी

  •  नेपाल चौतारी
  • २०८३ असार ११, बिहीबार १५:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठनलाई प्राप्त ‘म्याण्डेड’ अनुसार सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी ढङ्गबाट कार्यसम्पादन भइरहेको बताएका छन् ।

    सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा आज सञ्चारकर्मीसँगको भेटमा उनले मौसमजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी र प्रतिकार्य योजना निर्माण गरी सरोकारवाला निकायसँग पूर्णसमन्वयका साथ काम प्रारम्भ भइसकेको बताए।

    महानिरीक्षक पौडेलले सीमा सुरक्षालाई विगतभन्दा थप व्यवस्थित बनाउने ढंगबाट काम गर्ने प्रयास गरिएको जानकारी दिए। सीमा अपराध नियन्त्रणको सन्दर्भमा जनशक्ति, प्रविधि र परिचालनको चुनौती भोग्नुपरेको उल्लेख गर्दै उनले परिणाममुखी कामका लागि संगठन प्रतिबद्ध रहेको बताए।

    राजस्व चुहावट नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको जानकारी दिँदै उनले त्यस विषयलाई संगठनले आत्मसात् गरेर सरकारको लक्ष्य प्राप्तिमा कटिबद्ध भएर परिचालित भएको बताए।

    सशस्त्र प्रहरीसम्बन्धी कानुन निर्माणका प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै महानिरीक्षक पौडेलले त्यसबाट कानुनी र नीतिगत स्पष्टता ल्याउने धारणा राखे ।

    उनले आर्थिक सुशासन र पारदर्शीता सरकारको मूल लक्ष्य भएको सन्दर्भमा संगठनभित्रका आर्थिक पारदर्शीता र सुशासनसम्बन्धी गुनासालाई समयमै निराकरण गर्न शून्य सहनशीलताको नीति अवलम्बन गरिएको स्पष्ट पारे ।

    “आन्तरिक सुरक्षालाई मबजुद बनाउने गरी काम भइरहेको छ, अहिले नयाँ कुरा ‘सेटअप’ गर्नेभन्दा पनि भइरहेको कुराबाट कसरी उत्कृष्ट नतिजा दिने भनेर हामीले काम गरिरहेका छौँ”, महानिरीक्षक पौडेलले भने । सरकार र जनताको अपेक्षा पूरा गर्न सशस्त्र प्रहरी बल क्रियाशील रहेका उनको भनाइ थियो ।

    महानिरीक्षक पौडेलले पछिल्लो समय संगठनको नीति, अनुसन्धान तथा योजना निर्देशनालय गठन गरी संगठनका कार्य जिम्मेवारीलाई विगतभन्दा व्यवस्थितरुपमा अघि बढाउने काम थालिएको जानकारी दिए।

    उनले भने, “हाम्रा ‘म्यान्डेट’ र जिम्मेवारीलाई विगतभन्दा पनि भविष्यमा चाहिँ कसरी उत्कृष्ट बनाउने ? हाम्रा जिम्मेवारीलाई कसरी अगाडि लैजाने रु कसरी संगठनलाई विकास–विस्तार गर्ने र यसका विभिन्न आयाममा अनुसन्धान र योजना निर्माण गर्ने उद्देश्यले काम भइरहेको छ ।”

    सीमा सुरक्षा तथा सीमा नाकालाई व्यवस्थित बनाउन मुख्य नाकामा ‘बोर्डर इन्ट्रयाक्सन टिम’ (बिआइटी) संयन्त्र गठन गर्न लागिएको जानकारी दिँदै महानिरीक्षक पौडेलले सो संयन्त्रले नाकामा समकक्षी संगठनसँग समन्वय अभिवृद्धिसँगै यात्रुको आवतजावतलाई सहजीकरण गर्ने बताए ।

    “हाम्रा नाकाहरूबाट दैनिक हजारौँ जनताको आवतजावत हुन्छ, त्यहाँ कसरी सहजीकरण गर्ने, ‘काउन्टर पार्ट’ सँग पनि समन्वय गर्न सहज होस्, सीमा नाकामा कुनै अप्ठ्यारो नहोस् र गलत क्रियाकलाप नियन्त्रणमा सहयोग पुगोस् भन्ने हेतुले उक्त अवधारणा अघि सारिएको हो”, महानिरीक्षक पौडेलले भने, “यो अन्तिम चरणमा पुगेको छ, यसलाई ‘पाइलट प्रोजेक्ट’ का रूपमा केही नाकाहरूमा लागू गर्छौँ ।”

    Post Views: 72
    प्रकाशित मिति: २०८३ असार ११, बिहीबार १५:२५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.